तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अबको पार्टी सभापति म- केन्द्रिय सदस्य चन्द्र भण्डारी

नेपाली कांग्मरेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले अबको महाधिवेशन बाट अबको पार्टी सभापति अाफु बन्ने बताएका छन् । प्रेस युनियन बुटवलले अायोजना गरेको पत्रकार सममेलनमा अब कसैलाई नबोक्ने र अबको महाधिवेशन बाट अाफु सभापति हुने बताए ।

उनले गृहमन्त्री रवि लामिछाने लगायत सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेताहरुमाथि अनुसन्धान गर्न छानवीन समिति गठन हुनुपर्ने बताए ।
उनले छानवीन समिति गठनको माग संसदीय व्यवस्थाको स्वभाविक मूल्य मान्यता भएको बताए ।
‘विगतमा अरुमाथि औंला उठ्याउनेहरुले आफूमाथि प्रश्न उठेपछि छानवीनका लागि तयार भएर नैतिकता देखाउनुपर्छ’– भण्डारीले भने–‘संसदीय छानवीन समिति माग गर्नु नयां दल वा गृहमन्त्रीप्रति कुनै आग्रह पुर्वाग्रह होइन ।’
नेता भण्डारीले आवश्यकता भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि वजेट नपुगेको बताए ।
उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने बताएका छन् । भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क गरे ।
‘स्थानीय तहलाई नचलाऔं तर प्रदेश र केन्द्रको पुनःसंरचना जरुरी छ,केन्द्र र प्रदेशमा यति धेरै सांसद, मन्त्री र कर्मचारी आवश्यक छैन’–भण्डारीले भने–‘तलब जति जनप्रतिनिधि र कर्मचारीमा खर्च भएपछि विकास निर्माण कसरी हुन्छ ?’
संविधानले सिंहदरबारको अधिकार स्थानीय तहसम्ममा ल्याइएको, महिला, दलित, मधेशी, पछाडि पारिएका समुदायका लागि समावेशी समानुपातिक सहभागिता सुनिश्चित भएको तर नागरिकको अवस्थामा परिवर्तन नहुदा र रोजगारीका लागि विदेश पलायनले आमरुपमा जनतामा निराशा छाएको बताए । समानुपातिक प्रणालीले नेताहरुले मात्र फाइदा लिएर बलिया भएकाले समानुपातिकमा विज्ञहरु मात्र लैजानुपर्ने बताए ।
अर्को प्रसंगमा नेता भण्डारीले संसद विघटनलाई समर्थन गरेर चुनावमा गएको भए अहिले कांग्रेस र एमाले दुई पार्टी बलिया भएर आउंथे र साना दलहरु पाखा लाग्थे भने ।
पत्रकारको जिज्ञासामा नेता भण्डारीले अबको महाधिवेशनमा आफू पार्टी सभापति पदमा उम्मेदवार हुने बताए । अहिलेका सभापति शेरबहादु देउवा विधानको व्यवस्थाका कारण पनि नेतृत्वबाट बिदा लिने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित