तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दोधारमा लुम्बिनीका मुख्यमन्त्री: विश्वासको मत लिने कि राजीनामा दिने ?

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री चौधरीले नेकपा (माओवादी केन्द्र)का मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

तर, उनले विश्वासको मतअघि नै राजीनामा दिने सम्भावना पनि छ । विश्वासको मत लिने कि राजीनामा दिने भन्नेमा उनी दोधारमै रहेको कांग्रेसकै नेताहरू बताउँछन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले दिउँसो १ बजे बस्ने पार्टी संसदीय दलको बैठकले विश्वासको मत लिने कि पहिले नै राजीनामा दिने भन्ने टुंगो लाग्ने बताए । ‘विश्वासको मत पाउने अवस्था देखियो भने मत लिनुहुन्छ । त्यो अवस्था रहेन भने पहिले नै राजीनामा दिने भन्ने टुंगो बैठकले लगाउँला,’ तिमिल्सेनाले भने ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका (सभामुखसहित) ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी र स्वतन्त्रका १/१ जना सांसद छन् । राप्रपाका एकजना सांसद भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका छन् ।

यता माओवादी र नेकपा (एमाले)सहित दलहरूले केन्द्रीय समीकरणअनुसार माओवादीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेका छन् । नयाँ समीकरणअनुसार लुम्बिनीको नेतृत्व माओवादीले गर्ने केन्द्रमा सहमति भएको छ ।

चौधरी गएको वैशाखमा मुख्यमन्त्री बनेका थिए । त्यसअघि एमालेका लिला गिरी मुख्यमन्त्री थिए । एक वर्षमै अब अर्को सरकार बनाउने तयारी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित