
लुम्बिनी प्रदेश सभाकाे चाैथाे अधिवेशन आह्वान भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन चैत २२ गते बिहीबार दिनको ४ बजे बस्ने गरी आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले बैठकमा विश्वासकाे मत लिने तयारी गरेकाे उनकाे सचिवालयले जनाएको छ ।