भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनीमा माओवादीका जोखबहादुर महरा मुख्यमन्त्री बन्दै

सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा लुम्बिनीमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीको पद पाउने भएको छ ।

सहमती अनुसार अब संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री जोखबहादुर महरा मुख्यमन्त्री बन्दै छन् ।

 नेकपा माओवादी केन्द्रका लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बरालले  लुम्विनी प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बनाउने सहमती भएको बताए।

नेकपा एमाले अध्यक्ष र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका बिचमा भएको सहमती अनुसार  महरा लुम्विनी प्रदेशको मुख्यमन्त्री बन्ने बरालले बताए ।

उनी रोल्पा क्षेत्र नम्बर १ (१)बाट निर्वाचित हुन् । महरा यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।

माओवादीले फागुन २३ गते समर्थन फिर्ता लिएपछि कांग्रेसका मुख्यमन्त्री चौधरी अल्पमतमा छन् । चैत २२ गतेभित्र मुख्यमन्त्री चौधरीले विश्वासको मत लिनुपर्छ । तर, नयाँ गठबन्धनमा एमाले, माओवादी, जसपा, नेकपा एस र एक जना ‘माओवादीनिकट’ स्वतन्त्र प्रदेश सभा सदस्यलाई समेटेर सरकार बनाउने तयारी भइरहेको छ । सत्तापक्षका दलहरूले नागरिक उन्मुक्तिले पनि माओवादी नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने दाबी गर्दै आएका छन् । तर, नागरिक उन्मुक्ति भने अनिर्णित छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा राप्रपाका एक प्रदेशसभा सदस्य निलम्बनमा परेपछि अहिले ८६ कायम छ । सरकार गठन गर्न कम्तीमा ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३/३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ प्रदेशसभा सदस्य निर्वाचित छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित