रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

राममणि क्याम्पसको ‘२५ वर्षे सेवा अवधि’ विवादमा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको राममणि बहुमुखी क्याम्पस सञ्चालनक समितिले ल्याएको नियमावली विवादित बनेको छ ।

क्याम्पस सञ्चालक समितिले क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको २५ वर्षे सेवा अवधि ल्याएपछि नियमावली विवादित बनेको हो ।

सञ्चालक समितिले ल्याएको नियमावली प्रति प्रध्यापक, कर्मचारीहरु रुष्ट बनेका छन् । उनीहरुले कसैसंग पनि सल्लाह र सुझाव विना एकलौटी ढंगले नियमावली ल्याएको प्रध्यापकहरुको आरोप छ ।

पूर्वक्याम्पस प्रमुख तथा सहप्राध्यापक खगराज शर्माले क्याम्पस सञ्चालक समितिले गरेको निर्णय गैरकानूनी, अदुरदर्शी हुनुका साथै क्याम्पस प्रमुखको असक्षमताको उपज भएको बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धिताल, पूर्वअध्यक्ष तथा संरक्षक रोमणीप्रसाद पाठक र क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले बदनियत राखेर नियमावली ल्याएको आरोप प्रध्यापकहरुले लगाएका छन् । उनीहरुले यो नियमावली कार्यान्वयन हुन नहुने यदि भएमा संघर्षमा उत्रिने बताएका छन् ।

क्याम्पसले ल्याएकोको कार्यविधि अनुभवी, दक्ष, सक्षम प्राध्यापक र कर्मचारीलाई पाखा लगाएर नयाँलाई भित्र्याउने मनसायबाट अभिप्रेरित रहेको कतिपयको बुझाइ छ । यही कुरालाई बुझेका विद्यार्थी संगठनहरूले समेत क्याम्पस सञ्चालक समितिले ल्याएको कार्यविधिको विरोध गरेका छन् । प्राध्यापक र कर्मचारीसँग कुनै छलफल नगरिएकोले कार्यविधि बदनियतका साथ ल्याइएको हुने उनीहरूको आरोप छ ।

कार्यविधिअनुसार तीन प्राध्यापक र दुई कर्मचारीलाई हुलाकमार्फत घरमा अवकाश पत्र पठाइएबाट पनि सञ्चालक समितिको बदनियत स्पष्ट हुन्छ । क्याम्पसका सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले नियमावलीको नबुझेर विरोध भएको दाबी गरे ।

‘हामीले सुविधासहित बिदा गर्ने गरी २५ वर्षे सेवा अवधिको प्रावधान ल्याएका हौँ,’ अध्यक्ष धितालले भने, ‘धेरै प्राध्यापक र कर्मचारीले यसलाई स्वागत गर्नुभएको छ । केहीले नबुझेर विरोध गर्नुभएको हो । यसबाट कोही तर्सिनुपर्ने छैन । सबैलाई लागू भएको हो ।’

क्याम्पसका उपप्रध्यापक मुक्तिनाथ गैरेले सञ्चालक समितिले ल्याएको कार्यविधिले क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीको करियरमा ठेस पुर्याउने देखिएको बताए ।

राममणि २०४५ सालमा स्थापित सामुदायिक क्याम्पस हो । क्याम्पसमा कक्षा ११ देखि स्नातकोत्तर तहसम्म व्यवस्थापन, शिक्षा र मानविकी संकायको पढाइ हुन्छ ।

२०७५ मा विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गरेको छ । पब्लिक क्याम्पस प्राध्यापक संघका सभापति राजेन्द्र थापाले विज्ञप्ति जारी गर्दै आयातित शैलीमा एकाएक नियमावली ल्याएर ​अवकास दिने निर्णय गरिनु खेदजनक भएको बताएका छन् । दुई हजार ६०० विद्यार्थी अध्ययन गर्ने क्याम्पस जिल्लामा सम्भावना बोकेको क्याम्पसमा पर्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित