श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

टाइगर प्यालेसले बुझायो साढे ५१ करोड रोयल्टी बक्यौता, दुई करोड ३४ लाख पुँजीगत लाभकर

भैरहवाको पाँचतारे रिसोर्ट टाइगर प्यालेसमा भित्रिएको नयाँ व्यवस्थापनले क्यासिनोको पूरै बक्यौता चुक्ता गरेको छ ।

अमेरिकाका गैरआवासीय नेपालीहरूको कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्टले हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजसँग रिसोर्टको पूरै स्वामित्व खरिद गरेर माघमै साढे ५१ करोड रुपैयाँ बक्यौता तिरेको हो ।

बक्यौता चुक्ता भएपछि क्यासिनो नवीकरण भइसकेको छ । १६ चैतदेखि क्यासिनो सञ्चालनमा  आएकाे रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक लेखकले बताए ।

रिसोर्ट र क्यासिनोमा गरी करिब पाँच सयले रोजगारी पाउने टाइगर प्यालेसका नयाँ सञ्चालक बुद्धि सुवेदीले बताए । ‘टाइगर प्यालेसलाई देशकै अब्बल दर्जाको रिसोर्ट बनाउनेछौँ,’ उनले भने ।

टाइगर प्यालेसको श्रमिक समस्या पनि नयाँ व्यवस्थापनले समाधान गरिसकेको सिइओ लेखकले बताए ।

अदालत पुगेका ९९ प्रतिशत कर्मचारीले मुद्दा फिर्ता लिएको उनको भनाइ छ । ‘एक सय ६४ मध्ये करिब एक सय ४० जना जागिरमै फर्किए, बाँकीको पनि व्यवस्थापन भइसकेको छ,’ लेखकले भने, ‘अब रिसोर्टमा कुनै समस्या छैन, रिसोर्ट स्मुथली चल्न थालेको छ ।’ करिब १५ बिघामा फैलिएको रिसोर्टमा भिल्लासहित एक सय दुई कोठा छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित