३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

एमाले रुपन्देहीको अधिवेशन जेठमा

नेकपा (एमाले) रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा हुने भएको छ । पार्टीको बिहीवार बुटवल पुष्पलाल स्मृति भवनमा बसेको दशाैँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

अधिवेशनअघि पार्टी सदस्यता नवीकरण, पार्टी स्कूल सञ्चालनका साथै अधिवेशनलक्षित विभिन्न उपसमिति गठन गर्नेलगायतका निर्णय गरेको पार्टीका जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।

पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता र पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गर्नुका साथै विभिन्न निर्णय गरेको प्रचार विभाग उप–प्रमुख अमृत गिरीले जानकारी दिए ।

अधिवेशनका लागि जिल्ला अध्यक्ष केसीको संयोजकत्वमा जिल्ला कमिटीका सबै रहने गरी मूल व्यवस्थापन कमिटी गठन गरिएको छ ।

यसैगरी अधिवेशनका लागि राजनैतिक प्रतिवेदन लेखन समिति, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापन, खाद्य व्यवस्थापन, अतिथि सत्कार, जनपरिचालन, अनुगमन तथा मूल्याङ्कन समिति गठन गरी जिम्मेवारीसमेत प्रदान गरिएको एमाले जिल्ला सचिव यज्ञ गैरेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित