तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमाले रुपन्देहीको अधिवेशन जेठमा

नेकपा (एमाले) रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा हुने भएको छ । पार्टीको बिहीवार बुटवल पुष्पलाल स्मृति भवनमा बसेको दशाैँ पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।

अधिवेशनअघि पार्टी सदस्यता नवीकरण, पार्टी स्कूल सञ्चालनका साथै अधिवेशनलक्षित विभिन्न उपसमिति गठन गर्नेलगायतका निर्णय गरेको पार्टीका जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए ।

पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता र पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यमा बसेको बैठकले जिल्ला अधिवेशनको मिति तय गर्नुका साथै विभिन्न निर्णय गरेको प्रचार विभाग उप–प्रमुख अमृत गिरीले जानकारी दिए ।

अधिवेशनका लागि जिल्ला अध्यक्ष केसीको संयोजकत्वमा जिल्ला कमिटीका सबै रहने गरी मूल व्यवस्थापन कमिटी गठन गरिएको छ ।

यसैगरी अधिवेशनका लागि राजनैतिक प्रतिवेदन लेखन समिति, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, स्वयंसेवक परिचालन, मञ्च व्यवस्थापन, खाद्य व्यवस्थापन, अतिथि सत्कार, जनपरिचालन, अनुगमन तथा मूल्याङ्कन समिति गठन गरी जिम्मेवारीसमेत प्रदान गरिएको एमाले जिल्ला सचिव यज्ञ गैरेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित