श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

राप्ती प्रादेशिक अस्पतालमा बिरामीको चाप अत्यधिक

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीको चाप बढे पनि त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्दा सेवा प्रवाहमा सकस हुन थालेको छ।

५० बेडको स्वीकृति पाएर सञ्चालन भइरहेको अस्पतालमा दैनिक कम्तीमा पनि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन्।

तर त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्नु र दरबन्दी अनुसारका चिकित्सक पनि नआउनुले सेवा प्रवाहमा समस्या हुन थालेको हो।

अस्पतालमा तत्काल पाँच सय बढी जनशक्ति आवश्यक छ। अहिले यहाँ चिकित्सक, नर्ससहित २३७ जना कर्मचारी कार्यरत छन्। दरबन्दीका जनशक्ति ७४ जना मात्रै हुन्।

अस्पतालमा विशेषज्ञ डाक्टर २ जना छन्। काज र करार गरी थप १२ जना डाक्टर छन‍्।

मेडिकल अफिसरको दरबन्दी ६ जना छ। काज र करारमा गरी जम्मा १४ जना मेडिकल अफिसर अस्पतालमा छन्। अन्य विभिन्न क्षेत्रका सबै कर्मचारी अस्थायी, करार सेवामा कार्यरत हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीले सरल र सहज रूपमा सेवा उपलब्ध गराउने विषयमा आफूहरू गम्भीर रहे पनि बिरामीको चाप बढ्दै गएको बताए। त्यसअनुसार दरबन्दी नबढ्दा समस्या हुने गरेको उनी बताउँछन्।

तुलसीपुर उपमहानगर, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाका सर्वसाधारणहरू यहीँ आउने गरेका छन्।

त्यस्तै छिमेकी जिल्ला रोल्पा, रूकुम पूर्व, सल्यान, रूकुम पश्चिमबाट पनि बिरामीहरू उपचार गराउन त्यही अस्पताल पुग्छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित