तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आर्थिक मन्दी समाप्त भएको ५ बर्ष पछि मात्र क्रृण तिर्छौ–क्रृणीहरु

बुटवल । बैंक तथा वित्तिय संस्था पिडित समन्वय समिति रुपन्देहीले देशमा आर्थिक धरासाही रहेको भन्दै क्रृण तिर्ने अवधि क्रृणीहरुलाई दिन माग गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुले बैंकबाट लिएको क्रृण तिर्ने पक्षमा आफुहरु रहेपनि अहिलेको परिस्थिती जटिल रहेकाले क्रृण तिर्ने म्याद बैंक तथा संस्थाहरुले दिनुपर्ने माग राखेका छन् ।

समितिका अध्यक्ष दुर्गा पोख्रेलले आय स्रोत नै बन्द भएपछि बैंकको कर्जा तिर्न कठिन रहेको भन्दै कम्तीमा ५ बर्ष सम्म क्रृणीहरुको धितो लिलाम विक्रि गर्न नपाईने व्यवस्था गर्न सरकार सामु माग गरे ।

अहिले बैंक तथा वित्तिय संस्थालाई क्रृणीहरुले सावा तथा व्याज तिर्न सक्ने अवस्था नरहको भन्दै आर्थिक मन्दी समाप्त भएको मितिले कम्पतीमा ५ बर्ष सम्म कुनै पनि क्रृणीको धितो लिलाम गर्न नपाईने उनको भनाई छ ।

त्यस्तै उनले बैंकहरुले क्रृणीप्रतिे ज्यादती बढि गरेको भन्दै सरकार र राष्ट्र बैंकले खवरदारी गर्नुपर्ने बताए । क्रृणीहरुको समस्या समधानका लागि प्रशासन, स्थानिय तह संग विभिन्न पटक छलफल र बार्ताहरु भएपनि बैंकहरुको ताकेता नरोकिएको उनले बताए ।

क्रृणीहरुको घरमा मान्छे पठाएर बैंकहरुले आतंक मच्चाएको समेत बताए । साथै समितिले बैंक वित्तियले प्रवाह गर्ने एउटै प्रकृतिको कर्जाको व्याजदर सवैको समान हुनुपर्ने समेत बताएको छ । कर्जाको सावा तथा व्याज भुक्तानी ढिलाई भएपनि बैंकले लिने हर्जना समेत खारेज हुनुपर्ने समितिको माग छ ।

कर्जा लगानीका बखत क्रृणी संग भएको सम्झौता पालना नगरी बैंकहरुले एकतर्फी व्याज समेत बृद्धि गर्ने गरेको समितिको भनाई छ । समितिका सचिव विशाल पौडेलले दोहोरो अंकको चर्को कर्जाको व्याजदरलाई एकल अंकमा झार्नुपर्ने बताए । ०८० भदौ २७ गते स्थापना भएको समितिमा रुपन्देही, कपिलबस्तु, पाल्पा र नवलपरासीका ३२ हजार क्रृणी आबद्ध रहेको समितिले बताएको छ ।

पत्रकार सम्मेलनमा रुपन्देहीकी लक्ष्मी कवारले एनआईसी विकास बैंकले आफु माथी ज्यादती गरेको बताईन । बैंककै कारण आफुले श्रीमान गुमाउनुपरेको साथै जग्गा र घर समेत लिलामी गरेको उनंको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित