तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चौबिसे राज्यको राजधानी धुर्काेट, गुफा भित्र छिर्दा बिचित्र साम्राज्य (भिडियाे सामाग्री)

धुर्कोट गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको लुम्बिनी प्रदेश गुल्मी जिल्लामा पर्ने धुर्कोट गाउँपालिकामा साविकका नयाँगाँउ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु, धुर्कोट रजस्थल र वाग्ला गरी  ७ गा.वि.स.हरु समावेश भएका छन्।  ८६.३२ वर्ग कि.मि. क्षेत्रफल रहेको यस धुर्कोट गाउँपालिकाको जनसंख्या १८८१४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा रेसुङ्गा न.पा., पश्चिममा मदाने गाउँपालिका , उत्तरमा मालिका तथा ईस्मा गाउँपालिका तथा दक्षिणमा अर्घाखाँची जिल्ला रहेका छन्। ७ वटा वडा कार्यालयहरु रहेको यस धुर्कोट गाउँपालिकाको केन्द्र वरवोट भन्ने ठाँउमा रहेको छ।

यहि धुर्काेटमा छ, विचित्र गुफा  ।

गुल्मीको धुर्कोट गाउँपालिका–५ बस्तुस्थित विचित्र गुफा नामजस्तै विचित्र पनि छ । यो गुफा सदरमुकाम तम्घासबाट चार कोष टाढा पर्छ ।
गुफा एक सय ८५ मिटर लामो छ । गुफा संरक्षण समिति अध्यक्ष भण्डारी दुई तलासम्म अध्ययन गरिएको छ ।

गुफाभित्र रहेका संरचनालाई स्थानीय बासिन्दाले सभाहल, रामजानकी आश्रम, शिवालय, स्वर्ग जाने बाटोलगायत नामकरण गरेका छन् । गुफा मुख्य प्रवेशद्वारबाट झन्डै एक सय ५० मिटरभित्र ठूलो सभाहल छ । जहाँ पाँच सयजनासम्म अटाउन सक्छन् ।

मन लोभ्याउने आकृति

सभाहलनजिकै शिवलिंगसहित मन्दिर, राम र कृष्णका मूर्ति, विभिन्न नागका आकृति, गोपीकृष्ण, जटायुलगायत आकृति छन् । सभाहलमाथि सिलिङमा विभिन्न आकृतिहरू कलात्मक बुट्टाले भरिएका छन् । बुट्टाबीचमा रातोमाटोले पोतेर सफा गरेको मण्डप छ । गुफामा फेला परेका गुफाका आकृतिलाई नरसिंह अवतार, कच्छप अवतार, गोपीकृष्ण, जटायु, शिवलिंगलगायत नामकरण गरिएको छ।

ढेडु लखेट्दा भेटिएको गुफा
स्थानीय बासिन्दाले ढेडु लखेट्दै जाने क्रममा गुफा भेटेका थिए । गुफा फेला परेको लामो समय अस्तव्यस्त नै रह्यो । केही समययता भने स्थानीय बासिन्दा रेखदेख र संरणक्षमा जुटेका छन् ।

कसरी पुग्ने ? 
यो सदरमुकाम तम्घासबाट चार कोष टाढा छ । तम्घास–सिमलटारी–प्युठान सडकखण्डबाट झन्डै २० मिनेट उकालो हिँडेपछि गुफासम्म पुगिन्छ । धुर्कोटबस्तुको पूर्वी क्षेत्र चिल्लाट र पश्चिमी क्षेत्र डिट्ठाको पोखरीदेखि गुफाको नजिकैसम्म मोटरबाटो पुगेको छ । गुफासम्मै सडक पुगे आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने स्थानीय बासिन्दाको विश्वास छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित