मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीमा एमाले कि माओवादीको सरकार ?

बुटवल । राजनीतिमा आएको नयां उथलपुथलले केन्द्रमा गठबन्धन फेरिएसंगै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री को बन्ने भन्ने बहस पेचिलो बन्दै गएको छ ।

केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक विश्वासको मत पाए पनि लुम्बिनीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने विषय टुंगो नलाग्दा अन्योल छ । योसंगै लुम्बिनीमा नयां सरकार गठन गर्ने प्रक्रिया पनि लम्बिंदै गएको छ । सत्ता समीकरण फेरबदल भएसंगै लुम्बिनीमा नयां सरकार बन्ने भएपछि नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच मुख्यमन्त्रीका लागि हानथाप जस्तै छ ।

नयां समीकरण अनुसार लुम्बिनीमा दुवै पक्षको बहुमत नपुग्ने भएकाले साना दलहरू निर्णायक सावित हुने देखिएको छ । लुम्बिनीमा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद छन । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छन । नयां बनेको गठबन्धनमा अहिलेसम्म ४३ सांसद मात्र छन ।

संसदको अंकगणित अनुसार नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्र (सभामुख बाहेक) १०, जनता समाजवादी पार्टी (जसपा) ३, नेकपा एकीकृत समाजवादी (एस) १ गरी ४३ सांसद हुन्छन ।

नयां सरकारको लागि नयां गठबन्धनले अन्य साना दलको पनि मत जोड्नुपर्ने आवश्यकता छ । यता कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४÷४, जनमत पार्र्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३÷३, स्वतन्त्र र राष्ट्रिय जनमोर्चा १÷१ जना सांसद छन । राप्रपाका एक जना सांसद जानकीलाल यादव भ्रष्टाचारको आरोपमा निलम्बित छन । जनमत र नागरिक उन्मुक्ति लुम्बिनीमा नयां उदाएका शक्ति हुन ।

लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ । जसपा डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारबाट अहिलेसम्म बाहिरिएको छैन । त्यसो त, राप्रपा र लोसपासंग नयां गठबन्धनले सरकार बनाउनका लागि सहयोग मागिरहेको छ । तर, दुवैले दलले अहिलेसम्म वचन दिइसकेका छैनन ।

एमाले लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नयां सरकार गठनका लागि सबै साना पार्टीहरूसंग छलफल भइरहेको बताए । लुम्बिनीमा नयां सरकार बन्ने निश्चित भएपछि मुख्यमन्त्रीका लागि एमाले र माओवादी दुवै पार्टीले दाबी गरिरहेका छन ।

नयाँ मुख्यमन्त्रीका लागि एमालेबाट लिला गिरी र माओवादी केन्द्रका जोखबहादुर महरा दुवैले दाबेदारी प्रस्तुत गरेका छन ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महराले यसअघि पनि मुख्यमन्त्री बनाउंदा आलोपालो भनेर सहमति भएकाले यसपटक आफुहरुले पाउनुपर्ने बताए ।

तर केन्द्रमा लुम्बिनीको मुख्यमन्त्री आगामी ४ वर्षकै लागि एमालेलाई दिने सहमति भइसकेको हल्ला फैलिएको छ । एमाले भने, सकेसम्म माओवादीलाई नेतृत्व नदिने प्रयासमा छ, लाेकान्तरमा खवर छ।

यता मुख्यमन्त्री चौधरी राप्रपासहित साना दललाई आकर्षक मन्त्रालय प्रस्ताव गरेर आफ्नो सरकार टिकाउन लागेका छन । ६ महिनापछि शुरू भएको हिउंदे अधिवेशन सत्ता समीकरण फेरिएपछि तीन दिनमै अन्त्य गरेका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित