तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमाले लुम्बिनीले लियो पार्टी सदस्यहरूको परीक्षा

सदस्यहरूलाई पार्टीको जीवन तथा नीतिगत विषयमा जानकारी दिलाउने उद्देश्यले नेकपा एमाले लुम्बिनीले सदस्यहरूको परीक्षा लिएको छ।

एमाले लुम्बिनीले प्रदेशका ८६ हजार बढी सदस्यहरूको परीक्षा लिएको हो।

प्रदेशका १२ वटै जिल्लाका १०९ वटा पालिकाका ८६ हजार २ सय ६० जना सबै सदस्यहरूको सोमबार एकैपटक परीक्षा लिइएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले बताए।

सदस्यता लिएर पनि पार्टीका गतिविधिमा सहभागी नहुने निष्क्रिय सदस्यहरूलाई क्रियाशील बनाउन पहिलो पटक यस प्रकारको कार्यक्रम थालिएको अध्यक्ष कँडेलले बताए।

सोमबार लिइएको आन्तरिक परीक्षामा पार्टी सदस्यहरूको उत्साहपूर्वक सहभागिता भएको कँडेलले बताए।

सम्बन्धित जिल्ला कमिटीको संयोजनमा लिइएको परीक्षाका लागि वडा कमिटीका कार्यालयहरूलाई परीक्षा केन्द्र तोकिएको थियो।

प्रदेश अध्यक्ष कँडेलका अनुसार परीक्षामा नेकपा एमालेसँग सम्बन्धित प्रश्नहरू सोधिएको थियो।

एमाले सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीका निष्क्रिय सदस्यलाई क्रियाशील र जबाफदेही बनाउन लुम्बिनी प्रदेशबाट पहिलो पटक यस प्रकारको कार्यक्रम सुरू गरिएको बताइन्।

सदस्यहरूले परीक्षामा लेखेको उत्तरको आधारमा क्षमता मापन गरी उनीहरूलाई जिम्मेवारी दिन सहज हुने उनले बताइन्।

प्रदेश इन्चार्ज अर्यालले पहिलो पटकको परीक्षामा अनुत्तीर्ण भएकाहरूलाई स्कुल विभागमार्फत् प्रशिक्षण दिइने जानकारी दिइन्।

प्रदेशका सबै पालिकामा परीक्षा सञ्चालन गरिएको भए पनि केही वडामा रोकिएकाले सोमबारको परीक्षामा कति सहभागी भए भन्ने तथ्यांक आइनसकेको अध्यक्ष कँडेलले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित