मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सांसद घिमिरेको माग

काठमाडौं । प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

मुलुककैं मध्यभाग, भारतसँगको व्यापारिक नाका, अन्तर्राष्ट्रिय विमानस्थल, लगानीमैत्री वातावरण, बढ्दो आर्थिक क्रियाकलाप, गौतमबुद्धको जन्मस्थल लगायत विकासको पर्याप्त सम्भावना रहेकोले रुपन्देहीलाई आर्थिक तथा सांस्कृतिक राजधानी घोषणा गर्न सरकारसँग माग गरेको सांसद घिमिरेले बताए ।

सोमबार संसद बैठकको शून्य समयमा बोल्दै रुपन्देही क्षेत्र नं. ५ का सांसद घिमिरेले अव्यवस्थित बसोबासीहरुले लालपूर्जा प्राप्त गर्दा तिर्नुपर्ने राजस्व अत्याधिक बढी भएकोले त्यसलाई आधा घटाउन समेत माग गरे ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भूगोल समेत पर्ने रुपन्देही क्षेत्र नं. ५ विकासको दृष्टिकोणले राज्यबाट सधैं उपेक्षित रहेको बताउँदै सांसद घिमिरेले वर्षौं भैसक्दा पनि लुम्बिनी गुरुयोजना सम्पन्न नभएकोले आगामी आर्थिक वर्षमा यथोचित बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

लुम्बिनीमा पर्यटकको आकर्षण बढाउन क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाईको क्षेत्रमा एकीकृत विकासका काम हुनुपर्ने उनको भनाइ छ । आगामी आर्थिक वर्षको बजेटमा रामापुर—लुम्बिनी—कक्रहवा, फायरलाइन—रुद्रपुर—लोण्डिहवा—मंगलपुर—लुम्बिनी—कक्रहवा, लोण्डिहवा—जोगडा—मोगलहवा—मसिना—शिवलहवा—कक्रहवा, बाँसगढी—लौसा—कञ्चन, पच्चिस बगिया—लोण्डिहवा, सूर्यपुरा—मजदिया, रामापुर—लौधापानी लगायत महत्वपूर्ण सडकहरुको स्तरोन्नती, पुलहरुको निर्माणको साथैं कञ्चन सिंचाई, दानापुर र गैडहवा तालमा पर्यटन पूर्वाधार निर्माणका लागि यथोचित बजेट विनियोजन गर्न सरकारसँग माग गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित