तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोल्पा जाने भन्दै हिँडेका महरालाई जब प्रहरीले कपिलवस्तुमा रोक्यो

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा फेरि पक्राउ परेका छन्।

राजनीतिक जीवनको उत्तरार्द्धमा पुग्दै गर्दा महरालाई एकपछि अर्को समस्याले घेर्दै लगेको छ।

सभामुख भएकै बेला संसद् सचिवालयकी कर्मचारीले बलात्कार आरोप लगाएपछि जेल पुगेका महरालाई अहिले सुन तस्करी प्रकरणले पछ्याइरहेको छ।

बलात्कार प्रकरणबाट मुक्त हुँदै राजनीतिक जीवनमा पुनरागमन कोसिस गरिरहेका महरा अहिले माओवादी केन्द्रको उपाध्यक्षको भूमिकामा पनि थिए।

चीनबाट भएको भनिएको सुन तस्करी प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते पक्राउ परेर अहिले जेलमा रहेका छन्।

यस्तोमा छोरा पक्राउ परेको ६ महिनापछि पूर्वसभामुख महरालाई पनि प्रहरीले सुन तस्करी प्रकरणमै सोमबार कपिलवस्तुबाट पक्राउ गरेर हिरासतमा लिएको छ।

करिब १४ किलो इलेक्ट्रिक सिगरेटमा लुकाएर ल्याएको तस्करीको सुन छुटाउन महराका बाबुछोराले विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई दबाब दिएको कुरा अनुसन्धानबाट खुलिसकेको छ।

पूर्वन्यायाधीश डिल्ली आचार्य संयोजकत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उक्त सुन तस्करी प्रकरणमा महरालाई पनि कारबाही गर्न सिफारिस गरेको थियो।

त्यही सिफारिसअनुसार महरालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेर भैरहवा हुँदै हवाईजहाजबाट काठमाडौं ल्याइसकेको छ।

कपिलवस्तुमा रहेका उनलाई प्रहरीले रोकेको थियो। प्रहरी टोलीले सोधखोज गरेपछि उनले रोल्पा जान हिँडेको बताएका थिए।

एक प्रहरी अधिकारीका अनुसार महराले आफू एक कार्यक्रममा सहभागी हुन रोल्पा जान लागेकाले नरोक्न भनेका थिए।

तर, पक्राउ गर्न पुगेका प्रहरीले उनलाई ‘तपाईंलाई काठमाडौंबाट झिकाइएको छ, हामीसँगै जानु पर्‍यो’ भनेका थिए।

त्यसपछि महराले रोल्पा हिँडेकाले अहिले नरोक्न बताएका थिए। तर प्रहरीले महरालाई त्यसो भनेर नहुने अब काठमाडौं नै जानुपर्ने बताउँदै पक्राउ गरेको थियो।

पक्राउ परेका उनलाई भैरहवा विमानस्थलबाट काठमाडौं ल्याएर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ।

त्यहाँबाट अब महरालाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै म्याद लिन काठमडौं जिल्ला अदालतमा उपस्थित गराइँदैछ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित