तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सुप्रिम सहकारीका पूर्व सचिव दीपेश पुनलाई ईलाका प्रहरीको ५ नं. थुनुवा कक्षमा राखेर अनुसन्धान सुरु

बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सरकारीको ७८ करोड ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन माथी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

दीपेश पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका कान्छा छोरा हुन् ।

दीपेश शुक्रबार राति काठमाडौंमा पक्राउ परेका थिए । सुप्रिम सहकारीका पूर्व सचिव समेत रहेका पुनले सहकारीको ७८ करोड अपचलन गरेको आरोप लागेपछि उनलाई बुटवल ल्याइएको थियो ।

सहकारीमा कोषाध्यक्ष र सचिवका रूपमा व्यवस्थापनको जिम्मेवारीमा रहेकाले उनी अनुसन्धानमा तानिएका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलले झन्डै एक महिनादेखि सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धान गरिरहेको छ ।

पुनलाई शुक्रबार राति नै बुटवल ल्याइएको हो । उनलाई इलाका प्रहरीको ५ नं. थुनुवा कक्षमा अन्य थुनुवासँगै राखिएको छ ।

सुप्रिमका १० हजार ३ सय ९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार रुपैयाँ संकलन गरेकामा ७८ करोड ५० लाख रुपैयाँ पदाधिकारीले नै अपचलन गरेको बचतकर्ताको उजुरी छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित