भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

सिद्धवावा सुरुङमार्गको काम २०८३ चैत्र भित्रै सम्पन्न हुन्छ: मन्त्री महासेठ

उपप्रधान, भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले सबैभन्दा बढी यात्रुहरुले आलोचना सुन्नु परेको बुटवल नारायणगढ सडकबारे चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य हुने बताएका छन्।

रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटानको १६ औं डिष्ट्रिक कन्फरेन्सको बुटवलमा उद्घाटन गर्दै मन्त्री महासेठले अहिले उक्त सडक निर्माण तिव्रताका साथ अगाडि बढेको र बाधा व्यवधानहरु समेत समाधान भएकोले सडक निर्माणको काम अब नरोकिने बताएका हुन्।

‘काम गर्दा आवत जावतमा समस्या पर्ने कुरालाई केही समयका लागि सहनुपर्ने बाध्यतालाई सबैले बुझ्नु हुने छ तर, अब सडक निर्माणको काम भने रोकिदैन,’ उनले भने।

मन्त्री महासेठले लुम्बिनीको मात्र नभई मुलुककै अर्को महत्वपूर्ण परियोजना सिद्धवावा सुरुङमार्गको काम समेत तीव्र रुपमा अगाडि बढेकोले २०८३ चैत्र भित्रै सम्पन्न हुने बताए।

´सिद्धबाबा सुरुङ्गमार्गको काममा कुनै समस्या छैन् र हरसम्भव छिटो काम सम्पन्न हुने बिश्वास दिलाउन चाहन्छु,` उनले भने।

मन्त्री महासेठले बुटवलदेखि गोरुसिंगे चन्द्रौटा सडकको निर्माणको काम पनि अब छिट्टै नै अगाडि बढ्ने बताए।

´अहिले बुटवल गोरुसिंगे चन्द्रौटा सडकको निर्माणका लागि टेण्डर आह्वान भइसकेको छ त्यसको पनि छिट्टै ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाउँछौं,’ मन्त्री महासेठले भने।

उनले बुटवल नारायणगढ सडकमा भएको सिकाईले बुटवल गोरुसिंगे चन्द्रौटा सडकमा त्यस्तो समस्या आउन नदिने बताए।

त्यस्तै मन्त्री महासेठले निर्माण आयोजनाको गुणस्तरमा सम्झौता नहुने गरी अगाडि बढ्ने बताए ।

निर्माण सम्पन्न भएका पुर्वाधारहरुको संचालन र ब्यवस्थापन हुन नसक्दा धेरै आलोचना सुन्नु परेको भन्दै निर्माण सम्पन्न भएका आयोजना संचालनका लागि पनि आफ्नो तर्फबाट पहल हुने बताए।

`यसक्षेत्रमा निर्माण सम्पन्न भएर पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुन नसकेको गुनासो मैले सुनेको छु, अहिले कार्यक्रम गरिरहेको सभाहलको समेत कार्यविधी नहुँदा संचालनमा कठिनाई देखिएको भन्ने सुनेको छु अब यी परियोजनाहरु यथासम्भव सञ्चालन गर्ने दिशामा सम्बन्धित मन्त्रालय र प्रधानमन्त्रीसँग मेरो तर्फबाट पहलकदमी लिने बिश्वास दिलाउन चाहन्छु,`उनले भने ।

मन्त्री महासेठले बुटवल बेलहिया सडक र भैरहवा लुम्बिनी सडकमा अलपत्र पारेका पुलहरुको निर्माण सम्पन्न गर्न पनि निर्देशन दिइसकेको बताए। बुटवलबाट पोखरासम्म डबल लेन डेडिकेटेड सडकको निर्माण कार्यलाई यथासम्भव छिटो स्रोत व्यवस्थापन गरेर अगाडि बढाउने उनले बताए।

मन्त्री महासेठले नागढुंगा सुरुङ मार्गको ब्रेक थ्रु हुने बेला भएको पनि बताए।

´सुरुङको दुईतर्फको भाग जोडिन ७ दिन काम गर्नुपर्ने हुन्छ, सुरुङ जोडिनै लाग्दा स्थानीयले बिभिन्न माग राखेर आन्दोलन गरिरहेकोले ढिलाइ भएको छ, स्थानीयका केही मागहरु पुरा भईसकेका छन् भने सम्भव हुने मागहरु छिट्टै नै पहल गरेर पुरा गर्ने छौं, ‘ मन्त्री महासेठले भने।

मन्त्री महासेठले विश्वशान्तिका अग्रदूत गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भइरहेको १६ औं डिष्ट्रिक कन्फ्रेन्सको हुन पुर्ण सफलताको शुभकामना दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित