दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

एमाले रोल्पाको अध्यक्षमा अमृत बुढा

नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर निर्वाचित भएका छन् । एमाले रोल्पाको सातौं जिल्ला अधिवशेनमा १९५ मतसहित बुढामगर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी घनश्याम आचार्यले ११२ मत ल्याए । उपाध्यक्षमा विजय घर्तीमगर निर्विरोध भए ।

सचिवमा नेपबहादुर थापा विजयी भएका छन् । थापाले १८२ मत ल्याउँदा प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मत ल्याएका थिए । उपसचिवमा बमबहादुर पुन विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी प्रेमराज बुढाले ८० मत ल्याए । त्यसैगरी महिला उपसचिवमा रमिता डाँगी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कृष्णीकुमारी गौतमले ६१ र तारा सेनले २५ मत ल्याएका छन् ।

त्यसैगरी, ५ जना खुला सदस्यहरूमा सन्तोष बाठा, कमानसिंह पुनमगर, धनबहादुर बस्नेत, रामचन्द्र बुढामगर, परबिर बिक, विजयी भएका छन् । अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित