कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

पक्राउ पर्लान् त लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी?

लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी (डिबी) प्रहरीको फरार सूचीमा छन्। तर, उनलाई प्रहरीले पक्राउ भने गर्न सकेको छैन।
३२ वर्ष पहिले धनबहादुरलाई रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा उनी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। हालसम्म उनले सजाय भुक्तान गरेका छैनन्।

गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम-पूर्वको १ (क) बाट निर्वाचित भएका थिए। रुकुम-पूर्वको प्रहरी यस घटनाको बारेमा केही बताउन चाँहदैनन्। जिल्ला प्रमुख डिएसपी अन्जना श्रेष्ठले अदालतसँग जोडिएको विषयमा प्रहरीले केही बताउन नमिल्ने भन्दै पन्छिन खोजिन्।

‘ याे विषय अदालतसँग जाेडिएकाे छ। त्यसैले यो हाम्रो क्षेत्राधिकार भन्दा बाहिरको कुरा हो, ’ उनले भनिन्, ‘यस बारेमा हामी बोल्न मिल्दैन।’

यता लुम्बिनी प्रदेशका प्रहरी प्रमुख कुवेर कडायतले यस बारेमा बुझ्न नपाएको बताए।

सीमांकनका क्रममा रुकुम जिल्लालाई रुकुम-पश्चिम र रुकुम-पूर्व गरी दुई जिल्लामा टुक्राइएको थियो। एउटा जिल्ला दुई जिल्लामा टुक्र्याएपछि २०७५ साल वैशाख ३१ गते रुकुम-पश्चिम जिल्ला अदालतले सांसद केसीविरुद्ध २०४८ साल असार ९ गते भएको फैसला अनुसार कारबाही नभएको भन्दै रुकुम-पूर्वी जिल्ला अदालतको नाममा बाँकी रहेको लगतबारे पत्राचार गरेको थियो।

रुकुम पूर्वी जिल्ला अदालतका शाखा अधिकृत राधाकृष्ण रिजालका अनुसार सोही वर्ष साउनमा जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय, रुकुम-पूर्वमा फैसला कार्यान्वयन हुन बाँकी लगत पठाएको थियो।

अधिकृत रिजालका अनुसार यस्ता लगत हरेक वर्ष साउनमा अदालतले आवश्यक कारबाहीका लागि प्रहरीलाई पठाउने गरेको छ। यता लुम्बिनी प्रदेशसभाका सदस्य दुर्लभकुमार पुनले प्रदेशसभा धनबहादुर केसीको विषयमा संसद सचिवालयमा कुनै जानकारी नआएकाे बताए।

उनले भने, ‘उहाँ (धनबहादुर) काे विषयमा हालसम्म पनि संसद सचिवालयमा कुनै पनि जानकारी आएकाे छैन।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित