हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video) संसदीय राजनीतिमा रामकुमारी झाँक्रीको पुनरागमन                
समाचार :

गुल्मीको मुसिकोट नगरपालिका द्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन

गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रूपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो। नगरपालिकाभित्र सरकारी सेवासुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले यस्तो निर्देशन गरेको जनाइएको छ।

नयाँ शैक्षिक सत्रदेखि सबैले सामुदायिक/सरकारी विद्यालयमा अनिवार्य रूपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको मेयर जीवलाल खरेलले बताए। मुसिकोट नगरपालिकाभित्र हाल १६ माध्यमिक, आठ निम्नमाध्यमिक र ४७ प्राथमिक विद्यालय छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित