भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

लुम्बिनीमा नयाँ सरकार बनाउने चलखेल सुरु

८७ जना सांसद सहभागी लुम्बिनी प्रदेशमा हाल कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन् । नयाँ गठबन्धन बनेसँगै उनको सरकार ढालेर नयाँ सरकार बनाउने चलखेल सुरु भइसकेको छ । तर, नयाँ गठबन्धनलाई प्रदेशसभामा बहुमत जुटाउन भने सहज देखिएको छैन ।

सबैभन्दा ठुलो पार्टी भएर पनि सरकारको नेतृत्व गर्न नसकेको एमाले यो प्रदेशमा मुख्यमन्त्री बनेर सरकार हाँक्न चाहन्छ । तर, नयाँ गठबन्धनका लागि एमालेका २९, माओवादीको ११ (सभामुखसहित), जसपाका ३ र एकीकृत समाजवादीका १ सांसद गरी ४४ सांसद छन् । सभामुखले निर्णायक मत दिन मात्रै पाउने अवस्था रहेका कारण उक्त गठबन्धनलाई थप १ मत आवश्यक पर्ने देखिन्छ । उता केन्द्रीय सत्ता गठबन्धन इतरपक्षको कांग्रेसको २७, राप्रपाको ४, नागरिक उन्मुक्ति पार्टीको ४, जनमतको ३, लोसपाको ३, राष्ट्रिय जनमोर्चाको १ र स्वतन्त्र १ सांसद छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसद आवश्यक पर्छ । अल्पमतमा पुगिसकेको वर्तमान सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउनका लागि नयाँ गठबन्धन दल माओवादीले कि सभामुखबाट राजीनामा दिनुपर्ने वा अर्को कुनै राजनीतिक दललाई आफूतिर तान्न सक्नुपर्ने देखिन्छ ।

तर राप्रपा नयाँ सरकारमा जान तयार छैन् ।

लुम्बिनी प्रदेश

एमालेका २९

माओवादी ११ (सभामुखसहित)

जसपाका ३

एकीकृत समाजवादी १

जम्माः ४४

…………………..

कांग्रेस २७

राप्रपा ४

नागरिक उन्मुक्ति पार्टी ४

जनमत ३

लोसपा ३

राष्ट्रिय जनमोर्चा १

स्वतन्त्र १

जम्मा ४३

जम्मा प्रदेशसभा संख्या ८७ (बहुमत ४४)

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित