मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

शिखर सम्मेलनमा केही पाहुनालाई हेलिकप्टरमा राखेर पर्यटकीय स्थल घुमाउने योजना छ- लुम्बिनी मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिखर सम्मेलनमा केही पाहुनालाई हेलिकप्टरमार्फत घुमाउने योजना रहेको बताएका छन्।

यही फागुन २८ र २९ गते लुम्बिनीमा हुन लागेको ‘लौरियट्स एण्ड लिडर्स’ शिखर सम्मेलनमा आउने केही पाहुनाहरूलाई हेलिकप्टरमार्फत पर्यटकीय क्षेत्रको अवलोकन गराउने बताएका हुन्।

केही पाहुनालाई बर्दिया राष्ट्रिय निकुञ्ज, केही स्वर्गद्वारी प्रभुको मन्दिर र केहीलाई पाल्पाको ‘रानी महल’ लगायत ठाउँमा हेलिकप्टरमार्फत भ्रमण गराउने योजना रहेको मुख्यमन्त्री चौधरीले बताए।

आइतबार सेतोपाटीसँग कुरा गर्दै यस सम्मेलनमा भाग लिन ११ जना नोबेल पुरस्कार विजेता आउने निश्चित भएको पनि उनले बताए।

उनका अनुसार लुम्बिनीलाई ब्राण्डिङ गर्न यो सम्मेलनको आयोजना गरिएको हो।

यो चौथो शिखर सम्मेलन लुम्बिनीमा आयोजना हुनु राष्ट्रको लागि गौरवको कुरा भएको उनले बताए।

शिखर सम्मेलनको माध्यमबाट विदेशी दातृ निकायहरू लुम्बिनीमा लगानीका लागि आकर्षित हुने र यसक्षेत्रको समृद्धिमा पनि सम्मेलन फलदायी हुने दावी मुख्यमन्त्री चौधरीको छ।

सम्मेलनका लागि प्रदेश सरकारले बजेटमै ६ करोड ५० लाख रुपैयाँ छुट्याएको भएपनि विभिन्न दातृ निकायबाट सहयोग जुटेको भन्दै सरकारको दुई करोड रुपैयाँभन्दा बढी खर्च नहुने मुख्यमन्त्री चौधरीको दाबी गरे।

फागुन २८ गते लुम्बिनी सम्मेलन केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने सम्मेलनमा शान्ति र बालबालिकाका विषयमा १० वटा कार्यपत्र प्रस्तुत हुने मुख्यमन्त्री चौधरीले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित