तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनी अस्पतालमा दातृ निकायको चासो ः मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने प्रतिवद्धता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले चासो व्यक्त गरेका छन् ।

पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण सुरक्षणको क्षेत्रमा अस्पतालले गरेका गतिविधिलाई मुल्याङ्कन गर्दै उनीहरुले थप सहयोगको प्रतिवद्धता गरेका हुन् ।

नेपालका लागि बेलायती राजदुत कार्यालयका प्रतिनिधि पिप्पा वर्ड, विश्व बैंकका प्रतिनिधि फरिस हेडेड जेरोस, स्वीस डेभलप्मेन्ट कोअप्रेशनका प्रतिनिधि डेनिल म्याली, एशिया विकास बैंकका प्रतिनिधि लगायतले अस्पतालको निरीक्षणपछि आफूहरु सहयोग बढाउन इच्छुक रहेको बताएका हुन् । अस्पतालमा रहेको प्रसुती कक्ष, मेटामेटिक, लेवर वार्ड, एनआईसीयू, एसएनसीयू, पोषण पुनःस्थापना केन्द्र, ओसिएमसी कक्ष लगायतको शुक्रबार निरीक्षणपछि उनीहरुले प्रशंसा व्यक्त गर्दै सयहयोगको हात बढाउन आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् ।

विशेष गरी शिशुको पोषण तथा मातृ मृत्युदरलाई कम गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने सवालमा हातेमालो गर्न सधै तयार रहेको उनीहरुले प्रतिवद्धता गरे । लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय गरेका सुधार तथा सेवाबाट आफूहरु प्रभावित भएको दातृ संस्थाका प्रतिनिधिहरुले बताएका छन् ।

प्रतिनिधिहरुसँगको अन्तरक्रियामा बोल्दै अस्पतालमा मेडिकल सुपेरिटेन्डेन डा. सुदर्शन थापाले विशेष गरी प्रसुती सेवा तथा पोषण पुनःस्थापना केन्द्रमा उल्लेख्य सुधार ल्याउन सफल भएको जानकारी गराए ।

न्यूनतम सेवा मुल्याङ्कन मापदण्डमा समेत ८८ प्रतिशत अंक ल्याएर नेपालकै उत्कृष्ट बन्न सफल भएको जानकारी गराउँदै मेसु थापाले स्वास्थ्य सेवा सुधारका लागि सहयोगकी निकाय तथा संस्थाहरुसँग हातेमालो गर्न आफूहरु सधै तयार रहेको जनाए ।

अस्पताल निरीक्षणको अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य सेवाको सुधारमा उपमहानगरबाट समेत आवश्यक पहल तथा सहयोगको प्रतिवद्धता गरे । यसैगरी उपमहानगर अन्तरगत रहेको स्वास्थ्य महाशाखा तथा स्वास्थ्यकेन्द्रहरुबाट भएका क्रियाकलाप बारे विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुलाई जानकारी गराएका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित