तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

प्रधानमन्त्रीले आज लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । शुक्रबारदेखि शुरू भएको लुम्बिनी प्रदेशसभाको हिउँदो अधिवेशनमा आज प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ ।

दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले प्रदेशसभालाई सम्बोधन गर्ने प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले बताए ।

तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको प्रदेशसभा सचिवालयका सचिव पुनमगरले बताए ।

शुक्रबारको बैठक ५ मिनेट बसेर स्थिगित भएको थियो ।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले आजै लुम्बिनी बौद्ध विश्वविद्यालयको १५औं सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित