तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गार्गी एकेडेमीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण (तस्वीरहरु)

बुटवल। बुटवल–११ देविनगरस्थित गार्गी एकेडेमीमा शुक्रवार सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिएको छ ।

विधालयका अध्यक्ष रण बहादुर थापाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । सो अवसरमा बोल्दै उपप्रमुख सावित्रा अर्यालले स्थापनाको छोटा समयमा गार्गीले एकेडेमीले चुमेको सफलताको प्रशंसा व्यक्त गरिन् ।

उनले बुटवलको शैक्षिक विकासलाई राष्ट्रिय स्तरमा पु¥याउन संस्थागत विद्यालयले ठूलो भूमिका खेलेको समेत बताइन । कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका केन्द्रीय सदस्य टिकाराम न्यौपानेले राज्यले देशको शैक्षिक विकासमा संस्थागत विद्यालयहरूले पु¥याएको योगदानको नजरअन्दाज गर्न नहुने बताए । कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले विधालय अभिभावकहरुको माया र सदभावले नैं विद्यालयले छोटो समयमा सफलता हासिल गर्न सफल भएको बताए ।

स्कूलमा अब शैक्षिक क्रियाकलापलाई परिवर्तन गरी पढाउने सोच अघि बढाएको समेत प्राचार्य जानकारी दिए । १३ वर्ष अघि २८७ जना विधार्थीबाट सुरू भएको एकेडेमीमा अहिले २ हजार १०० विद्यार्थी अध्ययनरत रहेको समेत प्राचार्य अधिकारीले जानकारी दिए । कार्यक्रममा विद्यालयका सल्लाहकार राजेन्द्र ढकाल, सञ्चालक जीवन अधिकारी लोकराज शर्मा लगायतले बोलेका थिए ।

सो अवसरमा विद्यालयमा अध्ययन गरी एमबिबिएसमा नाम निकाल्न सफल विद्यार्थी, राष्ट्रिय स्तरको महिला क्रिकेटमा छनौट भएका खेलाडी विद्यार्थी, उत्कृष्ट शिक्षक र कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा बिधार्थीहरूले विभिन्न गीत नृत्य प्रस्तुत गरी अभिभावक र शिक्षकहरुको मन जितेका थिए । कार्यक्रमको सञ्चालन विद्यालयका नेपाली बिभाग प्रमुख नवराज न्यौपानले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित