मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

झण्डै ६ महिनापछि लुम्बिनी प्रदेश सभा बैठक बस्दै, शनिबार प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । तेस्रो अधिवेशनको पहिलो बैठक आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार मगरले जानकारी दिए ।

बैठकमा हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वानसम्बन्धी पठाएको पत्र पढेर सुनाउने, मन्त्रिरिषद्मा कार्यविभाजन हेरफेरसम्बन्धी पत्रसमेत पढेर सुनाउने, दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकहरूको बारेमा सभामा जानकारी गराउने, विभिन्न संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको सफलताको शुभकामना दिने सम्भावित कार्यसूची रहेको पुनले बताए ।

शनिबार भने प्रदेश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयकलगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखि बस्न सकेको थिएन । लामो समयपछि प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित