दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

एभरेष्ट माविमा नमुना निर्वाचन कार्यक्रम सम्पन्न

 

बुटवल । बुटवल सुख्खानगरमा अवस्थित एभरेष्ट इङलिस माध्यमिक विद्यालयमा बुधबार नमुना निर्वाचन कार्यक्रम गरिएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको स्वरुपमै गरिएको नमुना निर्वाचन कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार खडा गरेर नमुना मतदान गरिएको हो । विद्यार्थीहरुलाई निर्वाचन प्रकृया तथा निर्वाचनका बारेमा जानकारी दिने उद्देश्यले गरिएको नमुना निर्वाचन कार्यक्रममा नाम टिपाएका पाँचसय विद्यार्थी मतदातामध्ये ९५ प्रतिशतले मतदान गरेको निर्वाचन अधिकृत मोहन पाण्डेयले जानकारी दिए ।

नमुना निर्वाचन कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर एक, दुई र तीनबाट क्रमश नेपाल स्वाभलम्बी पार्टीका शिवम गुरुङ्ग, मिलन रेश्मी मगर र स्पन्दन लम्साल विजयी भएको निर्वाचन अधिकृत पाण्डेयले बताउनुभयो । पाण्डेयका अनुसार गुरुङ ७० तथा मगर र लम्सालले ६५/६५ मत प्राप्त गरेका थिए ।

यस्तै समानुपातिकतर्फ नेपाल स्वावलम्बीकै सम्मान वाग्ले र निर्मल खड्का तथा सृजनशिल पार्टीका कृस्टल श्रेष्ठ विजयी भएका छन् । नमुना निर्वाचन मतदान कार्यक्रममा युवा शक्ति पार्टी, सृजनशिल पार्टी र युवा शक्ति पार्टीका नमुना प्रतिनिधी खडा गरेर कार्यक्रम गरिएको विद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिए । ६ वटा मतपेटीका स्थापना गरिएको नमुना निर्वाचन कार्यक्रममा शिक्षक राजिव वेल्वासे, बालकृष्ण भुसाल, माधवप्रसाद पौडेल, भुवनेश्वर भण्डारी र सरस्वती पाण्डेले मतदान अधिकृतको भुमिका निर्वाह गरेका थिए ।

कक्षा ८, ९ र १० का विद्यार्थीहरु सहभागि भएको नमुना निर्वाचन कार्यक्रममा प्रत्यक्षतर्फ नौ र समानुपातिकतर्फ नौ जना गरि १८ उम्मेदवार विभिन्न चुनाव चिन्ह लिएर निर्वाचनमा भाग लिएका थिए । मुलुकमा समय समयमा हुने स्थानीय, प्रदेश र संघीय निर्वाचनको प्रतिकृया, उम्मेदवार र मतदाताले प्रयोग गर्ने मताधिकार तथा मतदाता शिक्षाबारे जानकारी गराउने उद्देश्यले नमुना निर्वाचन कार्यक्रम आयोजना गरिएको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बताए ।

कार्यक्रममा महिला पुरुष लाईन, गोप्य मतदान, स्वस्तिक छाप लगाउने तरिका, नमुना मतपत्र, उम्मेदवार र मतको महत्वका बारेमा विद्यार्थीलाई प्रत्यक्ष रुपमै जानकारी गराइएको प्राचार्य न्यौपानेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित