तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा                
समाचार :

योगिकुटीमा डेढ करोडको लागतमा गणपती मिष्ठान्नको सातौं शाखा खुल्यो

बुटवल । ‘सन्तुष्टि जहाँबाट आरम्भ हुन्छ…’ भन्ने नाराका साथ स्थापना भएको गणपती मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा आएको छ ।

डेढ करोडको लगानीमा सञ्चालनमा आएको शाखाको भोली विहिबार औपचारिक शुभारम्भ हुँदैछ । उक्त शाखाको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने गणपती मिष्ठान्न भण्डार प्रा.लिका अध्यक्ष नारायण केसीले बताए ।

योगिकुटी शाखामा डम्बर कुँवर र सरास्वती ज्ञवालीको लगानी रहेको छ । एकै पटक ७० जनालाई सेवा दिने गरी मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको हो । योगिकुटी शाखामा कुल १७ जनाले रोजगारी पाएका छन् ।

मिष्ठान्न भण्डारमा ६० प्रकारका मिठाई पाईने सञ्चालक डम्बर कुँवरले बताए । गुणस्तर, अखाद्य मिठाईका लागि पहिचान बनाएको गणपती मिष्ठान्न भण्डारले पछिल्लो समय नयाँ आउटलेट सञ्चालनमा तिब्रता दिएको छ ।

६ महिना अघि मात्र गणपतीको छैठौ शाखा देविनगरमा सञ्चालनमा आएको थियो । गणपती मिष्ठान्न भण्डार प्रा.लिमा कुल ६ जनाको लगानी रहेको छ । यसका अध्यक्ष नारायण केसी हुन । बांकी सञ्चालकहरुमा मेघराज पन्त, किरण थापा, डम्बर कुँवर, माया ज्ञवाली र चुम बहादुर खत्री रहेका छन् ।

गणपतीको कुल सात शाखामा १२ करोड लगानी भएको छ । जसबाट दैनिक डेढ क्युन्टल मिठाई विक्रि हुने गरेको अध्यक्ष केसीले बताए ।

गणपतीको सवै शाखामा १२० जनाले रोजगारी पाएका छन् ।

अध्यक्ष केसीका अनुसार अब खैरेनी, भैरहवा, लुम्बिनीमा पनि गणपतीको नयाँ शाखा खोल्ने योजना छ ।

हाल गणपती ट्राफिकचोक, मिलनचोक, देविनगर, मुर्गिया, मणिग्राम, जीतगढीमा सञ्चालनमा रहेको छ । सातौ शाखा योगिकुटीमा शुभारम्भ भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित