तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

योगिकुटीमा डेढ करोडको लागतमा गणपती मिष्ठान्नको सातौं शाखा खुल्यो

बुटवल । ‘सन्तुष्टि जहाँबाट आरम्भ हुन्छ…’ भन्ने नाराका साथ स्थापना भएको गणपती मिष्ठान्न भण्डारको सातौं शाखा बुटवलको योगिकुटीमा सञ्चालनमा आएको छ ।

डेढ करोडको लगानीमा सञ्चालनमा आएको शाखाको भोली विहिबार औपचारिक शुभारम्भ हुँदैछ । उक्त शाखाको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्ने गणपती मिष्ठान्न भण्डार प्रा.लिका अध्यक्ष नारायण केसीले बताए ।

योगिकुटी शाखामा डम्बर कुँवर र सरास्वती ज्ञवालीको लगानी रहेको छ । एकै पटक ७० जनालाई सेवा दिने गरी मिष्ठान्न भण्डार सञ्चालनमा ल्याइएको हो । योगिकुटी शाखामा कुल १७ जनाले रोजगारी पाएका छन् ।

मिष्ठान्न भण्डारमा ६० प्रकारका मिठाई पाईने सञ्चालक डम्बर कुँवरले बताए । गुणस्तर, अखाद्य मिठाईका लागि पहिचान बनाएको गणपती मिष्ठान्न भण्डारले पछिल्लो समय नयाँ आउटलेट सञ्चालनमा तिब्रता दिएको छ ।

६ महिना अघि मात्र गणपतीको छैठौ शाखा देविनगरमा सञ्चालनमा आएको थियो । गणपती मिष्ठान्न भण्डार प्रा.लिमा कुल ६ जनाको लगानी रहेको छ । यसका अध्यक्ष नारायण केसी हुन । बांकी सञ्चालकहरुमा मेघराज पन्त, किरण थापा, डम्बर कुँवर, माया ज्ञवाली र चुम बहादुर खत्री रहेका छन् ।

गणपतीको कुल सात शाखामा १२ करोड लगानी भएको छ । जसबाट दैनिक डेढ क्युन्टल मिठाई विक्रि हुने गरेको अध्यक्ष केसीले बताए ।

गणपतीको सवै शाखामा १२० जनाले रोजगारी पाएका छन् ।

अध्यक्ष केसीका अनुसार अब खैरेनी, भैरहवा, लुम्बिनीमा पनि गणपतीको नयाँ शाखा खोल्ने योजना छ ।

हाल गणपती ट्राफिकचोक, मिलनचोक, देविनगर, मुर्गिया, मणिग्राम, जीतगढीमा सञ्चालनमा रहेको छ । सातौ शाखा योगिकुटीमा शुभारम्भ भएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित