मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

फेलिक्स ईस्ट्रनको सेवा बुटवलमा

वैदेशिक अध्ययनमा जाने युवाहरुलाई मध्येनजर गर्दै बुटवलमा फेलिक्स ईस्ट्रन बुटवल एजुकेशनल कन्सल्टेन्सी प्रालि शुभारम्भ भएको छ ।

अष्ट्रेलिया, काठमाडौ र फिलिपिन्समा कार्यालय रहेका प्रालिको बुटवलमा समेत कार्यालयबाट सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा प्रालिका सिईयो नेत्रजंग पाण्डेले लामोसमय अष्ट्रेलिया बसोबास गरेका हुदा त्यहाको वातावरण राम्ररी बुझेको बताउछन ।

सन २००९ मा गएका उनी विभिन्न संघसंस्थाहरुमा आवद्ध भएर कामको अनुभव रहेको छ । गोर्खा हार्वेसटिङ र एटु जेड स्टाफिङ गरि दुई वटा लाईसेन्स प्राप्त कम्पनी समेत संचालन गरेको उनले बताए ।

कृषि र जनशक्ति उपलब्ध गराउने गरि कम्पनीबाट पार्ट टाईम रोजगार समेत दिन सफल भएको उनले बताए । पहिलेको तुलनामा पछिल्लोसमय विद्यार्थीहरुले गलत कागजी प्रक्रियाका कारण भिसाको समस्या देखिएको उनले बताए । अष्ट्रेलिया, युके, युएसए, क्यानडा, न्युजिल्यान्डमा पठाउदै आएको उनले बताए ।

प्रालिका म्यानेजिङ डाईरेक्टर रोशन भुषालले दक्ष प्रशिक्षकहरुबाट आयल्स, पिटिई, युकेभिआई क्लासहरु दिईने बताए । काउन्सिलिङको कामसंगै ट्रेनर झिकाएर नै सीपमुलक आवश्यकता अनुसार तालिमहरु दिदै आएको उनले बताए ।

प्रालिका जुना परियारले वैदेशिक अध्ययनमा जाने युवाहरु जो कठिनाईमा परेको समस्या छ।यस्तोमा उनिहरुलाई सहयोग गर्ने लक्ष्यसहित स्थापना गरिएको बताईन । विद्यार्थीहरुलाई जान भन्दा अघि नै सहि सुचना पाउने ब्यवस्था र आवश्यक सहयोग गर्ने उदेश्यका साथ स्थापना गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित