मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बुटवल बेलबासमा पछयाैरी बुटिककाे शुभारम्भ

 

वुटवल ।
युवाहरूले स्वदेशमै भविष्य खाेज्नुपर्छ भन्ने मूल मन्त्रमा साथ बुटवल १३ बेलबासमा पछ्याैरी बुटिक सञ्चालनमा ल्याईएकाे छ । बुटवल १३ निवासि २८ बर्षिय पुजा गाैतमले आफुले सिकेकाे सीप स्वदेशमै उदमकाे रूपमा विकास गर्ने साेचका साथ बुटिक सञ्तालन गरेकी हुन् ।

बुटिककाे विहिबार एक समाराेहका विच हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक हिरा पेग्नीले उदघाटन गरेकी हुन् । उद्घाटन गर्दै पेग्नीले बुटिक सञ्चालन गरेर स्वदेशमै आत्मनिर्भर हुन सकिने बताउदै यस्ता पसल शुभारम्भ हुनु सकरात्मक भएकाे बताईन । उनले महिलाहरूलाई आत्मनिर्भर हुन बुटिक जस्ता व्यवसाय निकै राम्राे हुने बताईन ।

सञ्चालक एव डिजाइनर पूजा गाैतमले धेरै जसाे सीप सिकेर विदेश गईरहेकाे अवस्थामा आफुले स्वदेशमै बसेर उदम गर्ने प्रयास स्वरूप पछयाैरी बुटिक सञ्चालन गरिएकाे बताईन ।

आगामि १३ गतेसम्म उदघाटनका अवसरमा विशेष छुट दिईएकाे आरती गाैतमले बताईन । बुटिक बुटवल १३ बेलबास शिवालय चाैकमा रहेकाे छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित