रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु क्षेत्र नम्बर ३ ख बाट राप्रपाबाट निर्वाचित सांसद यादवसहित १९ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी पु¥याएर भ्रष्टाचार गरेको आरोपमा काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कपिलवस्तुको गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले कटान गरेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।

आर्थिक वर्ष २०७४÷०७५ मा ठेकेदार समेतले ६ वटा कटान प्लटहरुको ३७ हजार क्यूफिट काठ काटी निकाल्ने ठेक्का स्वीकृत गराएको अख्तियारले जनाएको छ ।

उक्त उजुरीपछि अख्तियारले थालेको अनुसन्धानबाट २९ लाख १२ हजार १९३ रुपैयां भ्रष्टाचार भएको पाइएको थियो । ६ वटा कटान प्लटहरुमा विभिन्न जातका ८०३ वटा रुखहरुमा छपान भएको थियो । जसमध्ये ८०१ वटा रुख काटिएका थिए । त्यसको नापजांचको आधारमा ३५ हजार ७७८ दशमलव १० क्युफिट काठ र ४९ दशमलव २३ चट्टा दाउरा संकलन हुनुपर्ने अख्तियारले जनाएको छ ।

ठेक्का पाएको गोरखा मनकामना काष्ठ फर्निचर उद्योग काठमाडौंले संकलन उत्पादन गर्न लिएको चारवटै प्लटबाट ९ लाख ३९ हजार १३५ रुपैयां बराबरको हिनामिना गरेको देखिएको हो ।

त्यसैगरी ए आर काठ दाउरा खरिद बिक्री सेन्टर काठमाडौंले संकलन उत्पादन गर्न ठेक्का लिएका दुईवटा प्लटमा सम्झौता भन्दा कम परिमाणमा काठ उत्पादन भएको देखाएर भ्रष्टाचार गरेको देखिएको हो ।

अख्तियारले गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य यादवसहित तत्कालीन कपिलवस्तु जिल्ला वन अधिकृत कृष्णदत्त भट्ट, डिभिजनल वन अधिकृत दुर्गाबहादुर कार्की, गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन इकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले, सहायक वन अधिकृत ब्रहमदेव महतो, रेन्जर हेमराज पण्डित र सहायक वन अधिकृत शिवशंकर प्रसादविरुद्ध मुद्दा दायर गरेको छ ।

त्यस्तै प्रदेश वन निर्देशनालय रुपन्देहीका सहायक वन अधिकृत टोलकराज चापागाई, सबडिभिजन वन कार्यालय गुगौली कपिलवस्तुका सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेशकुमार थारु, सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपुत, वन रक्षकहरु सन्जय थारु, संजय केवट, रामगोपाल त्रिपाठी, बासुदेव गोडिया र फरेष्टर रमतु चौधरीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयां बिगो मागदाबी गरेको छ । अख्तियारले गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र एआर काठ दाउरा खरिद बिक्री सेन्टरका प्रोप्राइटर गीता जिसीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

घिमिरेसंगे ९ लाख ३९ हजार १३५ रुपैयां र जिसीबाट १९ लाख ७३ हजार ०५८ रुपैयां बिगो जफत गर्न माग गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित