बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका                
समाचार :

लुम्विनी प्रादेशिक अस्पतालमा आजबाट क्याथ ल्याव सेवा सुरु

बुटवल । विशेषज्ञ सेवालाई बिस्तार गर्दै गएको लुम्बिनी प्रादेशिक अस्पतालमा विहिबारदेखि क्याथल्याव सेवा सुरु भएको छ । अस्पतालमा विहिबार २ जना बिरामीको एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) गरेर सेवाको शुभारम्भ गरिएको मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिए ।

यो सेवाको शुभारम्भसँगै अब मुटु रोगको छिटो पहिचान गर्न सजिलो हुने र उपचार थप सहज हुने उल्लेख गरे । सरकारी स्तरबाट सञ्चालित अस्पतालमा विशेषज्ञ सेवालाई थप गर्दै जाँदा सेवाग्राहीले सर्वसुलभ रुपमा सेवा प्राप्त गर्न सक्ने डा. थापाले उल्लेख गरे । स्थापनाको ११४ वर्षमा क्याथ ल्याब सेवा सुरु गरिएको जानकारी गराउँदै मेसु डा. थापाले यस क्षेत्रका सेवाग्राहीका लागि ठूलो सफलता र खुसीको कुरा भएको उल्लेख गरे ।

अस्पतालका वरिष्ठ मुटु रोग बिशेषज्ञ डा. अर्जुन बुढाथोकीको नेतृत्वमा डा. रोशन घिमिरे, डा. सुदर्शन थापा, डा. सुरेन्द्र कुंवर र डा. समिर आचार्यको समूहले गुल्मीका ७५ वर्षीया र ७२ वर्षीया महिलाका एनजीओग्राम गरिएको थियो । अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र गुणस्तरीय उपचार सेवा दिन क्याथ ल्याब सेवा सुरु गरिएको वरिष्ठ मुटु रोग विशेषज्ञ डा अर्जुन बुढाथोकीले बताए ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याव संञ्चालनको लागी २२ करोड बिनियोज गरेसँगै यो सेवा सुरु भएको छ । काडियोलोजी बिभागका जनस्वास्थ्य निरीक्षक राम प्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस मेसिन रहेको र यसले मुटुसम्बधी सम्पुर्ण उपचार गर्न सकिने बताए । क्याथल्यावमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्पर गरि ८ जनाको समूहबाट सेवा प्रदान गरिने छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित