तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

ज्ञानगंगा पाठशालामा किड्स फेस्टिबल सम्पन्न

रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित ज्ञानगंगा पाठशालामा शैक्षिक महोत्सव अन्तर्गत बिहीबार किड्स फेस्टिबल सम्पन्न भएको छ ।

विद्यालयले आफ्नो वार्षिक उत्सवको अवसर पारेर बुधबारदेखि साताव्यापी रूपमा वृहत शैक्षिक महोत्सव सुरू गरेको छ ।

शैक्षिक महोत्सव अन्तर्गत किडस फेस्टिबलमा नर्सरीदेखि कक्षा २ सम्ममा ४७२ जना विद्यार्थीहरूले विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरेको थिए । शुक्रबार कक्षा ३ देखि माथिका विद्यार्थीहरु आ–आफ्ना प्रस्तुति प्रस्तुत गर्नेछन ।

हरेक विद्यार्थीलाई स्टेज चढाउने र आफ्नो कला र क्षमता प्रस्फुटन गराउने अवसर विद्यार्थीहरुलाई दिँदै आएको प्राचार्य चन्द्र अधिकारीले बताए ।

सो अवसरमा बोल्दै एमाले नेता तथा प्रतिनिधिसभा सदस्य बाशुदेव घिमिरेले शैक्षिक गुणस्तर सुधार गर्न तल्लो तहबाटै बालबालिकाको जग बलियो हुनुपर्ने बताए । कार्यक्रममा वडा अध्यक्ष हरिबहादुर क्षेत्री, विद्यालयका सल्लाहकार गोपाल श्रेष्ठ, सञ्चालक बसन्त थापा लगायतले बोलेका थिए ।

५ गते अन्तर विद्यालय विद्यालय स्तरीय व्याडमिन्टन प्रतियोगिता र ७ वार्षिकउत्सव र मूल समारोह आयोजना गरिएको विद्यालयका शिक्षक कूलचन्द पुरीले जानकारी दिए ।

पछिल्लो समय विद्यालय अभिभावकको रोजाइमा परेको छ । अहिले विद्यालयमा १ हजार भन्दाबढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानको अध्यक्षता तथा विद्यार्थी प्राप्ती पराजुलीको स्वागत तथा शिक्षक डिला पाण्डे र जानकी मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित