रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ?                
समाचार :

एभरेष्टमा विद्यार्थीलाई पुरस्कार वितरण तथा शिक्षक सम्मान कार्यक्रम

बुटवल–८ सुख्खानगरमा रहेको एभरेष्ट इङ्लिस माध्यमिक विद्यालयले शैक्षिक पुरस्कार वितरण तथा शिक्षक कर्मचारी सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
गत वर्षको शैक्षिक क्रियाकलापमा प्राथमिक तह देखि मावि तहसम्ममा कक्षागत रुपमा शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थी तथा दिर्घसेवा प्रदान गर्ने शिक्षकहरुलाई सम्मान गरिएको हो ।
विद्यालय संचालक समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड प्रदेश कार्यालयका प्रमुख रमाकान्त तिवारीले शैक्षिक उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई बधाई तथा शुभकामना दिदै गुणस्तरीय शिक्षण सिकाईका लागि शिक्षक, अभिभावक र विद्यार्थी विचमा सहकार्य आवश्यक रहेको बताए ।
उनले शिक्षामा गुणस्तरीयतासँगै, काम लाग्ने, ब्यहाहिर, सीपमुलक र संस्कारयुक्त शिक्षा अहिलेको आवश्यकता रहेकाले सोही अनुसार अध्यापनको बातावरण विद्यालयले मिलाउनु पर्ने बताए ।
कार्यक्रममा विद्यालय संचालक समितिका उपाध्यक्ष भिमबहादुर श्रेष्ठ, प्राचार्य कृष्ण न्यौपाने, सहप्राचार्य भिमसेन गौतम, उपप्राचार्य उमेश रेग्मी लगायतले सफल विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा विद्यालयका दिर्घ सेवा गर्ने झण्डै एक दर्जन शिक्षक तथा महिला शिक्षकहरुलाई सम्मान गरिएको थियो । यस्तै सोही कार्यक्रममा विभिन्न विषयमा विद्यावारधी गरेका सोही विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई समेत सम्मान समेत गरिएको शिक्षक माधव पौडेलले जानकारी दिए ।
कार्यक्रममा पुर्व प्राथमिक तहदेखि ११÷१२ कक्षासम्मका विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित