युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बुटवलको डेल्टा कम्पेलेक्समा फागुन १ देखि ‘जुत्ता मेला’

बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव हुने भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा यही फागुन १ गतेदेखि ३० गतेसम्म जुत्ता मेला हुन लागेको हो ।

मेलाको तयारी बारे जानकारी दिन आइतबार पत्रकार सम्मेलनमा नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्ययले ५ हजार भन्दा बढी प्रकारका गुणस्तरीय नेपाली जुत्ताहरुको उत्पादनलाई फ्याक्टीबाट न्यूनत्तम मूल्यमा सिधै ग्राहक समक्ष पुराउनका लागि मेलाको आयोजना गरिएको बताए । मेलाको अवसरमा नेपाली जुत्ता घरमा आवद्ध ब्राण्डहरुले आफ्ना उत्पादनहरु नियमित भन्दा सस्तोमा ग्राहकलाई उपलब्ध गराउने मेलाका संयोजक चोलाकान्त पाठकले बताए ।

जुत्ता घरभित्र हाल पवित्र शुज ईण्डष्ट्रिज प्रा.लिको शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि.को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लिको बि. एण्ड डियर हिल, लालिगुरा फुटवेयरको कस रोड, शुभकामनाको फस्र्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुजको स्मार्ट, रोयल शुजको रोयल तथा एकता शुजको टुरीष्ट ब्राण्डका उत्पादन उपलब्ध रहेका छन् ।

मेलामा जुत्ता चपलको प्रदर्शनीसँगै मोःमोः उत्सवको पनि आयोजना गरिएकाले गा्रहकहरुले सपिङ्गसँगै एक दर्जन भन्दा बढी मोःमोः का परिकारहरुको स्वाद लिन सक्ने संयोजक पाठकले बताए । मेलाको सुभारम्भ तथा समापनका अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि विशेष प्रस्तुति रहने संयोजक पाठकले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित