तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एभरेष्टमा गायन, फुटवल र ब्याटमिन्टन प्रतियोगिता

 

बुटवल । बुटवल–८, सुख्खानगरमा अवस्थित एभरेष्ट इङ्लिस बोर्डिङ माध्यमिक विद्यालयमा विविध कार्यक्रम सम्पन्न भएका छन् ।
शुक्रबारीय कार्यक्रम अन्तर्गत कक्षा १ देखि ३ सम्म गायन प्रतियोगिता र कक्षा ४ देखि १० सम्मको अन्तरसदनात्मक फुटवल प्रतियोगिता तथा छात्रा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएका छन् ।
गायन प्रतियोगिता अन्र्तगत कक्षा १ बाट रिदिमा पाण्डे प्रथम, प्रतिमा खतिवडा द्वितीय, आस्था पन्थी तृतीय, कक्षा २ बाट सभ्यता थापा प्रथम, जेरि राना द्वितीय, सौरभी थापा तृतीय र कक्षा ३ बाट प्राची पुन प्रथम, सिमन, सियोन थापा द्वितीय र दिप्सन ढकालले तृतीय भए । त्यसैगरी फुटवल प्रतियोगितामा कक्षा ६ देखि ८ अन्तर्गत ग्रिन हाउस प्रथम र ब्लु हाउसले द्वितीय स्थान प्राप्त गरेका छन् भने कक्षा ९ र १० अन्र्तगत ब्लु हाउस प्रथम र ग्रिन हाउसले द्वितीय स्थान प्राप्त गरेका छन् । त्यस्तै छात्रा ब्याडमिन्टनतर्फ सपना साह प्रथम, सिमाना न्यौपाने द्वितीय र युवा कुमारी थापाले तृतीय स्थान हासिल गरे ।
विद्यालयका सह–प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य कृष्ण न्यौपानले विद्यार्थीको व्यक्तित्व विकासका लागि विद्यालयले विभिन्न खेलकुदहरु र ज्ञानवर्धक प्रतियोगिताहरु आयोजना गरिरहने र त्यसमा विद्यार्थीको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनँले विद्यार्थीको चौतर्फि विकासका लागि विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए ।
कार्यक्रममा उप प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेको आतिथ्य, प्रथमिक संयोजक आशा भुसाल र सदन शिक्षकहरुको संयोजकत्व तथा संगित शिक्षक विशाल थापा, तिलक थापा र सिमा थापाको निर्णयकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय संवृद्वी शर्मा र आयुष्मा कक्षपतिले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित