रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको बार्षिक उत्सवको अवसरमा बुटवल शाखाले विभिन्न कार्यक्रम गर्दै

टिकापुरबाट २०५४ सालमा सामान्य खाजा घरबाट शुरुवात भएको सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.ली. २६ औ वर्षमा प्रवेश गरेको छ । वार्षीक उत्सव समारोहको अवसरमा देशभर शाखाहरुमा रक्तदान, सरसफाइ विविध कार्यक्रम गरि मनाएको छ । यो पर्यटन उद्योग देशभर नै आफनो नाम कमाउन सफल भएको छ ।

वार्षिकोत्सवलाई बुटवल शाखामा एक कार्यक्रमका बिच पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेल, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियनका रुपन्देही जिल्ला सभापति कबिन्द्र नेपालले संयुक्त रुपमा केक काटेर शुभकामना आदानप्रदान गरि मनाएको छ ।

कार्यक्रममा पाल्पा भैरव ग्रुपका संचालक, समाजसेवी गोपाल पोखरेलले ससाना लगानीबाट आर्थिक समृद्धि हुन्छ भन्ने उदाहरण सिद्धार्थ ग्रुपले दिन सफल भएको बताए । विदेशमा सिकेको सीपलाई स्वदेशमा फर्किएर सेवा उद्योगबाट राम्रो नाम र दाम कमाउन सफल भएको र अन्तराष्ट्रिय पहिचानमा जान सफल भएको उनले बताए ।

कार्यक्रममा शाखाका म्यानेजर केशवराज बश्यालले स्थापना दिवसको अवसर पारेर एक महिनासम्म २० प्रतिशत खानामा छुटका साथै सहुलियत दरमा आवासको ब्यवस्था गरिएको बताए । ग्रुपको सिद्धार्थ भिलासा भैरहवा र बनबास भिलासा चितवनमा गरि दुई वटा सुविधासम्पन्न पाचतारे होटल, नेपालगंज र काठमाडौमा बौद्ध बुटिक गरि दुई वटा ४ तारेमा सहित देशभर ३२ वटा शाखाहरुबाट सेवा दिईरहेको छ ।


पर्यटनसंग जोडिएको ग्रुपको आफनै पाथिल होलिडे ट्राभल एजेन्सी, होटल ब्यवस्थापन अध्ययापन गराउने सिद्धार्थ ईन्टिच्युट, आईटि टेक्नोलोजीको सार्भा टेक्नोलोजी र हस्पिटालिटि क्षेत्रमा चाहिने कृषि मागलाई पुरा गर्ने गरि धेरै विधाहरुमा जोडिएको उनले बताए ।

सात वटै प्रदेशमा पाचतारे खोल्ने लक्ष्य रहेको उनले बताए । हाल ग्रुपबाट १ हजार पाच सय कर्मचारीलाई रोजगार दिन सफल भएको छ । मल्टिपर्पोज कम्पनीका रुपमा संचालनमा ग्रुप निकट भविष्यमा भारतमा समेत सेवा दिने गरि जोड्ने अभियान थालेको उनले बताए ।

कार्यक्रममा एजुकेटिभ सेफ केशव अर्यालले मिठो खानाका परिकारका कारण छुट्टै पहिचान बनाउन सफल भएको बताए ।

बुटवलस्थित सिद्धार्थ कटेजमा १६ वटा रुम, ५ सय प्लसको देवदह हल, ३ सय प्लसका लुम्बिनी र रारा गरि दुई हल, ५ वटा प्राईभेट डाईनिङ रुम, ३ वटा कटेज र १ रेष्टुरेन्ट र बार रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित