तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

टाइगर प्यालेस द्वारा क्यासिनोको तिर्नुपर्ने २२ करोड बक्यौता भुक्तानी, अब छिट्टै क्यासिनो सञ्चालनमा आउंदै

लामो समय विवादमा रहेको रुपन्देहीको तिलोत्तमामा नगरपालिकामा संचालित टाइगर प्यालेस रिसोर्टले क्यासिनोको बक्यौता तिरेको छ । विगतमा क्यासिनो संचालन गरेवापत रिसोर्टको करोडौं बक्यौता थियो । बक्यौता नतिरेकै कारण लामो समय क्यासिनो संचालन हुन सकेको थिएन । अहिले उक्त होटल विक्री भएको छ ।

टाइगर प्यालेसमा क्यासिनो सञ्चालन गर्दै आएको एसएचएल म्यानेजमेन्ट सर्भिसेस प्रालिले २५ करोड ६० लाख रुपैयाँ बक्यौता बुझाएको हो । बक्यौता बुझाएसँगै टाइगर प्यालेसमा क्यासिनो सञ्चालनको बाटो खुलेको पर्यटन विभागले जनाएको छ । बक्यौता रकम बुझाएपछि अबको दुई हप्तामा क्यासिनो पुनः सञ्चालन गर्ने तयारी संचालकको छ ।

एसएचलएल म्यानेजमेन्ट सर्भिसेज प्रालिले २०७७–७८ देखि बक्यौता तिरेको थिएन । एसएचएल कम्पनी पनि आफूहरूले लिएको र कम्पनी मार्फत बक्यौता बुझाएको टाइगर प्यालेस रिसोर्टका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।

टाइगर प्यालेस विगतमा अस्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज समूहले चलाएको थियो । कोभिड लगायतका विभिन्न कारणले रिसोर्ट लामो समय सङ्कट थियो । पछिल्लो समय टाइगर प्यालेसको स्वामित्व अमेरिकामा रहेका नेपालीहरूको कम्पनी हिमालयन टाइगर इन्भेस्टमेन्ट इंकले खरिद गरेको हो ।

बक्यौता बुझाएपछि टाइगर प्यालेसमा छिट्टै क्यासिनो सञ्चालन हुने सुवेदीले बताए । उनले फेब्रुअरी १४ देखि क्यासिनो पुनः सञ्चालनको तयारी गरिरहेको जनाए । यो क्यासिनो भारतीय ग्राहकहरूका लागि लक्षित रहेको बताइएको छ । रिसोर्टबाट १२ किलोमिटर दुरीमा सुनौली नाका छ । जसले गर्दा यहाँ भारतीय अधिक मात्रामा क्यासिनो खेल्न आउँछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित