तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था द्वारा  दिवसको अवसरमा  सरसफाई कार्यक्रम  

बुटवल  । बुटवल–११ देवीनगरस्थित सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा  सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

समाजमा सरसफाईबारे चेतना जगाउँदै रचनात्मक रूपमा स्थापना दिवस मनाउने उद्देश्य सहित सिमामार्ग सुन्दरचोकदेखि देवीनगर चौपारीसम्म सरसफाई गरिएको हो । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले समग्र सरसफाईमा उत्तम तरिकाहरुबारे नागरिकमा चेतनाको विकास आवश्यक रहेको बताए । अध्यक्ष क्षेत्रीले स्वास्थ्य र सरसफाईबारे न्यूनतम ज्ञान विकास गर्दै सरसफाईबारे रणनीति नैं बदल्नुपर्ने बताए ।

 

कार्यक्रममा सहकारीका अध्यक्ष लोकराज शर्माले वातावरण र सरसफाई सम्बन्धी चेतना वृद्धि गर्ने गरी विगतका वर्षहरुमा जस्तै रचनात्मक रूपमा स्थापना दिवस मनाइएको बताए । अध्यक्ष शर्माले स्थापनाको छोटो समयमा सहकारी जनताको रोजाइमा पर्न सफल समेत भएको दावी गरे । सम्बन्ध सहकारी बुटवल उपमहानगरपालिकामा दर्ता भएको पहिलो बहुउद्देश्यीय सहकारी हो । सहकारीमा ७०० भन्दा बढी शेयर सदस्यहरु भइसकेका छन् । सहकारी अध्यक्ष लोकराज शर्माको धन्यवाद ज्ञापन तथा सचिव कमल नेपालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित