तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एमाले रुपन्देहीले तीन दिने प्रशिक्षण अभियान चलाउने

बुटवल । नेकपा एमाले रुपन्देहीको सचिवालय बैठक मंगलबार बसेको छ । बैठकले यही माघ २२, २३ र २४ ते जिल्ला कमिटीका सदस्यहरुलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टी केन्द्रबाट प्राप्त अन्तर पार्टी निर्देशन अध्ययन गर्नुका साथै जिल्ला अधिवेशनका बरेमा समेत छलफल गरेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए । बैठकले जिल्ला अधिवेशन पार्टीका केन्द्रीय तथा प्रदेश कमिटीका नेताहरुसँगको समन्वयमा तोक्ने निर्णय गर्दै आगाामी फागुन र चैत महिनामा सदस्यता नवीकरढा अभियानलाई अघि बढाउने निर्णय गरेको छ ।

त्यस्तै फागुनमा पालिका र वडास्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको एमाले जिल्ला सचिव यज्ञ गैरेले जानकारी दिए । बैठकले मुक्ति समाज रुपन्देहीको इन्चार्जमा सुरेन्द्र श्री र प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएशन (पिन)ं रुपन्देहीको इन्चार्जमा मेघदेव पन्तलाई मनोनयन गरेको छ ।

बैठकलाई संबोधन गर्दै एमाले नेता एवं रुपन्देही इन्चार्ज दलबहादुर रानाले अन्तर पार्टी निर्देशन अनुसार काम कारवाहीलाई अघि बढाउन आग्रह गरे । उनले देशको समसामयिक राजनीतिक परिस्थितिबारे चर्चा गर्दै सत्तारुढ गठबन्धनका कारण मुलुक आर्थिक संकटमा फस्दै गएको बताए ।

बैठकमा एमाले पोलिटब्यूरो सदस्य लिला गिरी, दधिराम न्यौपानेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित