तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

चारपालामा वृहत रक्तदान, निःशुल्क सुगर परीक्षण, छात्रवृत्ति वितरण तथा सांस्कृति कार्यक्रम

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले मंगलबार वृहत रक्तदान, निःशुल्क सुगर परीक्षण, छात्रवृत्ति वितरण तथा सांस्कृति कार्यक्रम सम्पन्न गरेको छ । वनले हरेक वर्ष सहीद दिवसको अवसर पारेर रक्तदान तथा सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ । वि.स. २०५८ सालदेखि चारपाला वनले गर्दै आइरहेको रक्तदानमा सधैभन्दा धेरै ‘पोइन्ट ब्लड’ संकलन हुने गर्छ । वनका कार्यालय, सचिव विनोद आचार्यले मंगलबारको रक्तदानमा १८० युनिट रगत संकलन भएको जानकारी दिए ।


कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय, रूपन्देहीका प्रमुख प्रभात सापकोटाले चारपाला वनको संरक्षण अभियानबाट सबै पाठ सिक्नुपर्ने बताए । उनले वनलाई जोगाउँदै त्यसबाट प्राप्त हुने स्रोतको सही सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए । डिएफो सापकोटोले वनको संरक्षण गर्ने दायित्व सबैको भएको बताउँदै चारपाला वन ऐतिहासिक र पुरातत्वको हिसावले पनि महत्वपूर्ण रहेको बताए ।
चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतनाथ शर्माले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्दै अगाडि बढिएको बताए । वन संरक्षणको लागि हरेक वर्ष वृक्षरोपणालाई वनले प्राथामिकतामा राखेको बताए । सोही अवसरमा १६ वटा उपसमितिका ८० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक बैकुण्ठ महत, नारायण लेकाली, रितु शाही, मन्जु भट्टराई विभिन्न प्रस्तुती प्रस्तुत गरेर कार्यक्रमलाई रमाइलो र मनोरञ्जन प्रदान गरेका थिए । हरेक वर्ष वनले सांसकृतिक कार्यक्रम पनि गर्दै आएको छ । चारपाला वन नेपालकै नमुना र ठूलो वन हो । वनको क्षेत्रफल २ हजार हेक्टरभन्दा बढी छ । वनले जिल्लाको कूल क्षेत्रफलका ७.९५ प्रतिशत क्षेत्रफल ओगटेको छ । वनको यस क्षेत्रको भू क्षय कटान र नियन्त्रणमा ठूलो भूमिका खेलेको छ । वनमा दुर्लभ जंगली जनावरहरु पनि फेला परेका छन् । वनका उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित