३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

चारपालामा वृहत रक्तदान, निःशुल्क सुगर परीक्षण, छात्रवृत्ति वितरण तथा सांस्कृति कार्यक्रम

बुटवल । चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगरले मंगलबार वृहत रक्तदान, निःशुल्क सुगर परीक्षण, छात्रवृत्ति वितरण तथा सांस्कृति कार्यक्रम सम्पन्न गरेको छ । वनले हरेक वर्ष सहीद दिवसको अवसर पारेर रक्तदान तथा सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ । वि.स. २०५८ सालदेखि चारपाला वनले गर्दै आइरहेको रक्तदानमा सधैभन्दा धेरै ‘पोइन्ट ब्लड’ संकलन हुने गर्छ । वनका कार्यालय, सचिव विनोद आचार्यले मंगलबारको रक्तदानमा १८० युनिट रगत संकलन भएको जानकारी दिए ।


कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय, रूपन्देहीका प्रमुख प्रभात सापकोटाले चारपाला वनको संरक्षण अभियानबाट सबै पाठ सिक्नुपर्ने बताए । उनले वनलाई जोगाउँदै त्यसबाट प्राप्त हुने स्रोतको सही सदुपयोग गर्न सक्नुपर्नेमा जोड दिए । डिएफो सापकोटोले वनको संरक्षण गर्ने दायित्व सबैको भएको बताउँदै चारपाला वन ऐतिहासिक र पुरातत्वको हिसावले पनि महत्वपूर्ण रहेको बताए ।
चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगतनाथ शर्माले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्दै अगाडि बढिएको बताए । वन संरक्षणको लागि हरेक वर्ष वृक्षरोपणालाई वनले प्राथामिकतामा राखेको बताए । सोही अवसरमा १६ वटा उपसमितिका ८० जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो ।


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायक बैकुण्ठ महत, नारायण लेकाली, रितु शाही, मन्जु भट्टराई विभिन्न प्रस्तुती प्रस्तुत गरेर कार्यक्रमलाई रमाइलो र मनोरञ्जन प्रदान गरेका थिए । हरेक वर्ष वनले सांसकृतिक कार्यक्रम पनि गर्दै आएको छ । चारपाला वन नेपालकै नमुना र ठूलो वन हो । वनको क्षेत्रफल २ हजार हेक्टरभन्दा बढी छ । वनले जिल्लाको कूल क्षेत्रफलका ७.९५ प्रतिशत क्षेत्रफल ओगटेको छ । वनको यस क्षेत्रको भू क्षय कटान र नियन्त्रणमा ठूलो भूमिका खेलेको छ । वनमा दुर्लभ जंगली जनावरहरु पनि फेला परेका छन् । वनका उपाध्यक्ष रामकुमारी पौडेलको स्वागत तथा सचिव दुर्गा पाठक पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित