भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

सरकार आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डीरहन आवश्यक छैन्- डा.संग्रौला

बुटवल । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रियसभा निर्वाचनको समयमा कोशी प्रदेशमा भएको भोट क्रसिङले सिंगो देशको राजनिति नै तरंगित भएको बताउँदै त्यो त्रुटीलाई सच्चाउँदै गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिएकी छन्।

रिपोर्टर्स क्लव नेपाल, लुम्बिनी प्रदेशले बुटवलमा गरेको साक्षात्कारमा बोल्दै केन्द्रीय सदस्य डा. संग्रौलाले गठबन्धन ईमान्दारीपूर्वक अगाडि नबढे मूलुकमा ठूलो संकट आउने संकेत गरिन। गठबन्धन जुन उद्देश्य र भावनाले अगाडी बढेको छ त्यहि अनुरुप व्यवहारमा कार्यान्वयन गर्न समेत उहाँले दलहरुलाई आग्रह गरिन।

‘यतिबेला गठबन्धनको सरकार रहेको छ । गठबन्धनमा ईमान्दारीतापूर्ण काम नगरे संकटको अवस्था आउन सक्नेछ । – ‘उनले भनिन,कोशी प्रदेशमा भएको क्रस भोटले गठबन्धनमा केही अन्यौलता सिर्जना गरेको छ ।यसलाई दोहोरिन नदिने गरि काम गर्न जरुरी छ । ’

सबै वडामा एकैपटक कांग्रेस, समुदायमा जाऔं जनताका कुरा सुनौ अभियानको शिलशिलामा जिल्ला अभियानमा रहेकी डा. संग्रौलाले देशको राजनितिक अवस्थालाई सहि मार्गमा ल्याउन कांग्रेसको बिकल्प नभएको बताउँदै जनतामाझ भएका गुनासो संबोधन गर्न पार्टिले अभियान चलाएको बताइन । उनले गठबनधनको सरकारले सोचे अनुसारको काम गर्न नसकेको बताउँदै यो अवस्थामा पनि काम गर्न नसके जनताले छुट नदिने चेतावनी दिइृन ।

गठबन्धन सरकारको नेतृत्वले काम गर्न नसकी आलोचित बनिरहेको अवस्थामा कांग्रेस सरकारमा झुण्डीरहन आवश्यक नरहेको सुझाब दिइन। उनले पार्टीलाई बलियो बनाउनको लागि अभियान प्रभावकारी रहने बताउँदै अब पार्टी गुट उपगुट भन्दापनि एक ढिक्का भएर अगाडि नबढे पार्टी कमजोर बन्ने ठोकुवा गरिन।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालले कांग्रेसले अहिले सञ्चालन गरेको अभियान समयसापेक्ष रहेको उल्लेख गरिन । यो अभियान पछि लुम्बिनी प्रदेश समितिले घरघरमा कांग्रेस अभियान लिएर जाने बताइन। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सदस्य विष्णु पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित