तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा                
समाचार :

बुटवल बेलबासमा ५ करोडको लगानीमा खुल्यो होटल बुटवल क्राउन प्लाजा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १३ बेलबासमा होटल बुटवल क्राउन प्लाजा सञ्चालनमा आएको छ ।
लामो समय देखि क्याटरिङ व्यवसायमा आबद्ध भएका व्यवसायी ज्ञानप्रसाद खनालको एकल लगानीमा होटल बुटवल क्राउन प्लाजा सञ्चालनमा आएको हो ।


उक्त होटलको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।
सो अवसरमा उनले ठुलो लगानीमा खोलिएका होटलहरुमा पर्यटकहरुको संख्या बढाउन यस क्षेत्रमा भएका ऐतिहासिक, सांस्कृतिक महत्व बोकेका स्थलहरुको प्रचार प्रसारमा जोड दिनुपर्ने बताए । साथै पर्यटन पुर्वधार निर्माणका लागि संघ, प्रदेश र स्थानिय तहले कन्जुसाई गर्न नहुने बताए ।

होटल सञ्चालक खनालले ग्राहकहरुलाई स्तरिय र नेपाली परम्परागत खानाको स्वाद चखाउने गरी होटल सञ्चालनमा ल्याएको बताए ।
५ करोड लगानी भएको होटलमा हाल २५ जनाले रोजगारी पाएका छन् । आउटडोर क्याटरिङ हुँदै होटल सञ्चालन गरेका खनालले होटलमा नेपाली स्वाद पर्यटक सामु फस्कने प्रतिबद्धता जनाए ।

होटलमा १६ वटा डिलक्स, एसी रुमहरु रहेका छन् ।

उद्घाटनको अवसरमा होटलमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । उक्त कार्यक्रममा लोक तथा दोहोरी गायक खुमन अधिकारी, चर्चित हास्यव्यङग कलाकार विष्णु जि पाण्डे (माइला बा) लगाएतको प्रस्तुती पनि रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित