तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

कप्तान खनाललाई ५० हजार दिने तिलोत्तमा नगरपालिकाको घोषणा  

बुटवल  । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले  नगद सहित सम्मान गर्ने भएको छ ।

शुक्रवार भएको नेपाल र अफगानिस्तान बीचको खेलमा  १ विकेटको जित निकाल्दै नेपाललाई सुपर सिक्स प्रवेश गराउन सफल भएको भन्दै कप्तान खनाललाई नगरपालिकाले नगद ५० हजार दिने घोषणा गरेको नगर प्रमुख रामकृृष्ण खांणले बताए ।

विश्वकप क्रिकेटमा नेपाली टोलीका कप्तान खनालले नेपालको प्रतिष्ठा माथि उठाउन र टोलीलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको मात्र नभई नगर प्रमुख खांणले बताए ।  कप्तान खनालले अफगानिस्तान  विरुद्ध अर्धसतकियपारी सहित ५८ रनको योगदान दिएका थिए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ का स्थायी वासिन्दा रहेका कप्तान खनालले सिगो नगरको समेत प्रतिष्ठा बढाएको  नगर प्रमुख खांणले बताए । नगरपालिकाले यस अघिपनि  ३ जना खेलाडीलाई नगद जनही ५० हजार रुपैयांले सम्मान गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित