तिलोत्तमामा मंसिर १५ देखि व्यापार मेला बुटवलमा खुल्यो साढे ३ अर्बको लागतमा पाँच तारे होटल ‘हायात प्यालेस’ श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा                
समाचार :

कप्तान खनाललाई ५० हजार दिने तिलोत्तमा नगरपालिकाको घोषणा  

बुटवल  । दक्षिण अफ्रिकामा जारी अण्डर १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाललाई सुपर सिक्समा प्रवेश गराउन निकै महत्वपूर्ण योगदान दिएका कप्तान देब खनाललाई तिलोत्तमा नगरपालिकाले  नगद सहित सम्मान गर्ने भएको छ ।

शुक्रवार भएको नेपाल र अफगानिस्तान बीचको खेलमा  १ विकेटको जित निकाल्दै नेपाललाई सुपर सिक्स प्रवेश गराउन सफल भएको भन्दै कप्तान खनाललाई नगरपालिकाले नगद ५० हजार दिने घोषणा गरेको नगर प्रमुख रामकृृष्ण खांणले बताए ।

विश्वकप क्रिकेटमा नेपाली टोलीका कप्तान खनालले नेपालको प्रतिष्ठा माथि उठाउन र टोलीलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको मात्र नभई नगर प्रमुख खांणले बताए ।  कप्तान खनालले अफगानिस्तान  विरुद्ध अर्धसतकियपारी सहित ५८ रनको योगदान दिएका थिए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका १३ का स्थायी वासिन्दा रहेका कप्तान खनालले सिगो नगरको समेत प्रतिष्ठा बढाएको  नगर प्रमुख खांणले बताए । नगरपालिकाले यस अघिपनि  ३ जना खेलाडीलाई नगद जनही ५० हजार रुपैयांले सम्मान गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित