मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लुम्बिनीमा अब ४ मत मात्र खस्न बाँकी

राष्ट्रियसभा सदस्य पदका लागि लुम्बिनी प्रदेशमा भएको मतदानमा अब ४ मत मात्र खस्न बाँकी छ ।

निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले बिहीवार सवा २ बजेसम्म प्रदेशसभातर्फ पूरै र पालिकाका २१४ मत खसेको जानकारी दिए ।

निर्वाचनमा ३०५ मतदाता रहेका छन् । लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २१८ पालिका प्रमुख उपप्रमुख रहेका छन् ।

घोराहीस्थित कर्मचारी मिलन केन्द्रका २ वटा मतदान केन्द्रमा मतदान भइरहेको छ । लुम्बिनीमा २ पदका लागि ६ जना उम्मेदवार मैदानमा छन् ।

लुम्बिनीमा अन्यतर्फ नेकपा (माओवादी केन्द्र)का नेता झक्कुप्रसाद सुवेदी, नेकपा (एमाले)बाट झपेन्द्र जीसी र जनमत पार्टीबाट बालगोविन्द चौधरीलगायत उम्मेदवार छन् । मतदान सकिएलगतै मतगणना शुरू गरिने निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित