
बुटवल । बुटवलको कालिकानगरमा रहेको सुजुकी मोटर पार्ट्स् गोदममा आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
बुटवल उपमहानगरपालिका–९ कालिकानगर स्थित मुक्तिनाथ अटोमोटिभ ट्रेडर्स एण्ड कार पार्ट्स् गोदाममा सोमबार आगलागी हुँदा २ करोड रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
आगो नियन्त्रणमा लिन बुटवल उपमहानगरपालिका, प्रहरी तालिम केन्द्र, सैनामैना तथा सिद्धार्थनगर नगरपालिकाका दमकल प्रयोग गरिएको थियो ।