३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

बुटवलमा खाद्य शुद्धता सम्बन्धी अभिमुखिकरण तथा उपभोत्ता सचेतना कार्यक्रम सुरु

बुटवल । उपभोत्ता हित संरक्षण मञ्च नेपाल बुटवल उपमहानगरपालिकाको आयोजनामा सोमबार देखि खाद्य शुद्धता सम्बन्धी अभिमुखिकरण तथा उपभोत्ता सचेतना कार्यक्रम सुरु भएको छ ।
बुटवलमा सोमबार देखि सुरु भएको कार्यक्रमको एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गरिन ।
सो अवसरमा बोल्दै उहांले जनताको स्वास्थ्यमा उपमहानगरपालिका चिन्तित रहेको भन्दै उपभोत्ता स्वय सचेत नभए सम्म खाद्य स्वच्छतामा शुद्धिकरण नहुने बताईन । उनले उपभोत्ताले सामान खरिद गर्दा त्यसको गुणस्तर, मुल्य र मिति हेरेर मात्र उपभोग गर्न आग्रह समेत गरिन ।


उनले जनताहरुको स्वास्थ्य संग सरोकार राख्ने विषयमा उपमहानगरपालिकाले कुनै पनि सम्झौता नगर्ने भन्दै बुटवलमा बजार अनुगमन तिब्र समेत पारेको बताए । बुटवलको वडा नं. १२ देखि १९ सम्मका विभिन्न संघ, संस्था, जनप्रतिनिधी सहभागि कार्यक्रम ५ दिन सम्म चल्नेछ ।
कार्यक्रममा उपभोत्तामा मानव अधिकारको भुमिका बारेमा रिमा वि.सी, स्थानिय बजार अनुगमन बारे ठगिश्वर पोख्रेल, स्वास्थ्य शुद्धता सम्बन्धी अनुप भट्राई र उपभोत्ता अधिकार सम्बन्धी अध्यक्ष समुन्द्र जि.सीले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उपभोत्ता हित संरक्षण मञ्च नेपाल बुटवल उपमहानगरपालिकका अध्यक्ष समुन्द्र जि.सीले उपभोत्ता सचेत भएमा मात्र बजारमा अखाद्य बस्तुको विक्रि कम हुने बताए । कार्यक्रम सचिव लिलाधर लुइटेलको सञ्चालनमा उद्घाटन सत्र समापन भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित