निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बुटवलको प्रगती माविमा गोपाल रानाले गरे छात्रवृत्ति वितरण

बुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित प्रगती माध्यामिक विद्यालयलको रजत जयन्ती महोत्सव अन्तरगत युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले छात्रवृत्ती वितरण गरेका छन् ।

विद्यालयमा अध्यनरत ८७ जना गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयमा समाजसेवी रानाले स्थापना गरेको ५ लाख ५५ हजार राशीको अक्षकोषबाट छात्रपवृत्ति वितरण गरिएको हो ।

सो अवसरमा बोल्दै रानाले राज्यले कुनै पनि बालबालिकाले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । सोही योजना अनुसार आफूले प्रगती माविमा निजी स्रोतबाट रहेका शिक्षकहरुलाई सेवा सुविधा प्रदान गर्न तथा विद्यार्थीलाई छात्रवृत्तिबाट अध्ययनमा प्रोत्साहित गर्न अक्षकोष स्थापना गरेको उल्लेख गरे ।

आफ्नो सानो प्रयासले पनि ठूलो प्रेरणा अरुलाई समेत जान सक्ने उल्लेख गरे । विद्यालय स्थापनाको ऐतिहासिक २५ औ वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम गरी सप्ताहव्यापी मनाउँदै छ ।

विद्यालयकी प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ गतेदेखि जारी महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुन जानकारी दिईन् । विद्यालयका अध्यक्ष जित बहादुर मल्लले शहरभित्रकै पिछडिएको वडामा वि.स. २०५४ सालमा स्थापना भएको विद्यालयले शैक्षिक योगदान दिँदै आएको बताए ।

श्रमिक, गरिब, जनताका छोराछोरीहरुलाई शिक्षा दिँदै आएको विद्यालय नगरको पहुँचमा पुग्न नसकेको अवस्थामा पनि स्थानीय शिक्षाप्रेमीहरुको अगुवाईमा भौतिक र शैक्षिक विकास हुँदै आएको उनले बताए । विद्यालयमा शैक्षिक विकासमा योगदान दिने अक्षयकोष दाता, शिक्षकहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको उनले बताए । विद्यालयमा हाल २१ शिक्षक, कर्मचारी र ६ सय विद्यार्थी अध्ययरत छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित