तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलको प्रगती माविमा गोपाल रानाले गरे छात्रवृत्ति वितरण

बुटवल । बुटवल उपमहानगरपालिका-११ स्थित प्रगती माध्यामिक विद्यालयलको रजत जयन्ती महोत्सव अन्तरगत युवा व्यवसायी तथा समाजसेवी गोपाल रानाले छात्रवृत्ती वितरण गरेका छन् ।

विद्यालयमा अध्यनरत ८७ जना गरिव तथा विपन्न परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको हो । विद्यालयमा समाजसेवी रानाले स्थापना गरेको ५ लाख ५५ हजार राशीको अक्षकोषबाट छात्रपवृत्ति वितरण गरिएको हो ।

सो अवसरमा बोल्दै रानाले राज्यले कुनै पनि बालबालिकाले आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । सोही योजना अनुसार आफूले प्रगती माविमा निजी स्रोतबाट रहेका शिक्षकहरुलाई सेवा सुविधा प्रदान गर्न तथा विद्यार्थीलाई छात्रवृत्तिबाट अध्ययनमा प्रोत्साहित गर्न अक्षकोष स्थापना गरेको उल्लेख गरे ।

आफ्नो सानो प्रयासले पनि ठूलो प्रेरणा अरुलाई समेत जान सक्ने उल्लेख गरे । विद्यालय स्थापनाको ऐतिहासिक २५ औ वार्षिकोत्सबको अवसरमा विविध कार्यक्रम गरी सप्ताहव्यापी मनाउँदै छ ।

विद्यालयकी प्रधानाध्यापक शिव कुमारी अर्यालले माघ ३ गतेदेखि जारी महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुन जानकारी दिईन् । विद्यालयका अध्यक्ष जित बहादुर मल्लले शहरभित्रकै पिछडिएको वडामा वि.स. २०५४ सालमा स्थापना भएको विद्यालयले शैक्षिक योगदान दिँदै आएको बताए ।

श्रमिक, गरिब, जनताका छोराछोरीहरुलाई शिक्षा दिँदै आएको विद्यालय नगरको पहुँचमा पुग्न नसकेको अवस्थामा पनि स्थानीय शिक्षाप्रेमीहरुको अगुवाईमा भौतिक र शैक्षिक विकास हुँदै आएको उनले बताए । विद्यालयमा शैक्षिक विकासमा योगदान दिने अक्षयकोष दाता, शिक्षकहरुलाई सम्मानको कार्यक्रम समेत राखिएको उनले बताए । विद्यालयमा हाल २१ शिक्षक, कर्मचारी र ६ सय विद्यार्थी अध्ययरत छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित