तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन्। बुटवलमा शनिबार सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समरोहलाई सम्बोधन गर्दै सभापति देउवाले बुद्धजन्मथलो रूपन्देहीमा भएको सम्मेलनबाट पार्टी बलियो हुने विश्वास व्यक्त गरेका हुन्।

उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको विषयमा इंगित गर्दै देउवाले आफू भाषण गर्न नजाने भन्दै काम गरेर देखाउने बताए। ‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’, देउवाले भने। उनले गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास लिएको बताउँदै आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे।

‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’, देउवाले भने। निकै संक्षिप्त बोलेका सभापति देउवाले केन्द्रीय नेता र प्रदेश अध्यक्षहरूले उठाएको सबालको जबाफ दिएनन्। धेरै नेताहरूले भाषण गरेको र साढे ५ बजे काठमाडौँ फर्कने तालिका रहेकाले कार्यक्रम सञ्चालकले नेताहरूलाई पटकपटक छोटो बोल्न भनेका थिए।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता शेखर कोइरालालाई समय नदिएर सभापति देउवाले कम्तीमा पनि आधा घण्टा बोल्ने अपेक्षासहित चाँडै समय दिए पनि उनले ५ मिनेटमै मन्तव्य सकाए। देउवाले एयरपोर्ट पुग्नुपर्ने भएको भन्दै प्रदेश सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै भाषण बिट मारेका थिए। यसअघि कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशमा राजनीतिको भ्याक्सिन दिने डाक्टर आवश्यक रहेको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित