मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय

एमाले रूपन्देहीले झुलाघाट—चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानमा जिल्ला पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले मंसिर २० गते गुल्मीको वामीटक्सारमा आयोजना हुने जनसभामा जिल्लाको पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको हो ।

एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार, जिल्लाभित्र रहेका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय विभागका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, संघ, प्रदेश र जिल्ला पालिकाका जनप्रतिनिधिहरू, जनसंगठनका जिल्ला पदाधिकारी र सोभन्दा माथिका पदाधिकारी र पालिका कमिटीका पदाधिकारी जनसभामा अनिवार्य सहभागी हुने निर्णय भएको छ ।

नेपाल—भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाडमा एमाले अध्यक्ष ओलीले बिहीबार संकल्पयात्राको शुभारम्भ गरेका हुन् । पुष २ गते चिवाभञ्जाङ पुग्ने कार्यक्रम छ । यो अभियानका क्रममा ठाउँ—ठाउँमा आमसभा हुने छन् ।

त्यसैगरी, बैठकले भूकम्प प्रभावित रूकुम पश्चिमको आठबीसकोट नगरपालिका—१४ छेपारेमा अस्थायी टहरा बनाउन खटिएको रूपन्देहीको टोलीले १८ वटा अस्थायी टहरा बनाएर प्रभावित परिवारलाई हस्तान्तरण गरेकोमा धन्यवाद दिएको छ ।

बैठकमा पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टी पंक्तिलाई उत्साहका परिचालन हुन निर्देशन दिएका थिए

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित