भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टमाथि कुटपिट

अस्पतालमा उपचाररत सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरूले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट गरेका छन् ।

कुटपिटबाट गम्भीर घाइते डाक्टरको आइसियुमा राखेर उपचार भइरहेको छ । डाक्टर बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको छ ।

मङ्गलवार दोस्रो बच्चा सुत्केरी गराउने क्रममा अस्पतालमा आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको मृत्यु भएसँगै विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा. बस्यालमाथि हातपात गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

बिरामीको मृत्युपछि भएको विवाद समाधान गर्न बसेको समयमा मेसुमाथि आक्रोशित बिरामीका आफन्तले हातपात गरेका हुन् ।

अस्पताल श्रोतका अनुसार मृतकका आफन्तले मृत्युको विषयमा छानबिन गर्ने भन्दा पनि सुरु देखि नै ५० लाख रुपैयाँ क्षतिपूर्ति रकम मागेपछि स्थिति असहज बन्दै गएको अस्पताल श्रोतले बताएको छ ।

छलफलकै क्रममा बिरामीका आफन्तले चिकित्सकहरू माथि कार्यालयकै कुर्ची टेबलका खुट्टा भाँचेर टाउको र छातीमा प्रहार गरेको अस्पताल श्रोतले बताएको छ ।

अस्पताल प्रशासनसँग सहमति भई मृतकको शव आफन्तले शव बहनामा राखेर निस्कने तयारी भई सकेपछि केही उत्तेजक समूहको भिड पसेर मेसु बस्यालमाथि आक्रमण गरेको एक चिकित्सकले बताए । अहिले मृतक महिलाको शव अस्पताल परिसरमै शव बहनामा राखिएको छ ।

मृतकका आफन्तहरूको आक्रमणमा अस्पतालको प्रशासनिक भवनका झ्याल ढोका लगायतका फर्निचरहरू तोडफोड भएको छ। अस्पताल अहिले प्रहरीको सुरक्षामा रहेको र कुनै पनि नयाँ बिरामीहरूको भर्ना गरिएको छैन ।

राती २ बजेबाट अस्पताल आउने बिरामीहरू अस्पतालको गेटबाटै फर्काइएको छ भने अहिले अस्पतालका भर्ना भएर उपचाररत बिरामीहरू हेर्नेबाहेक सबै काम ठप्प रहेको अस्पताल प्रशासनले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

लुम्बिनी चिकित्सक संघका सचिव डाक्टर सन्तोष पोखरेलले उपचार गर्ने चिकित्सकमाथि हातपात हुनु दुर्भाग्यपूर्ण भएको बताए । चिकित्सकको सुरक्षाको ग्यारेन्टी नभएसँग आफूहरू उपचार रोकेर विरोध गर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित